प्रियंका भुजेल हत्या घटनाका अभियुक्त सार्वजनिक
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार १७:४:२५
८ भदौ, सर्लाही । प्रियंका भुजेल हत्याकाण्डको घटनामा संलग्न भनिएका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्नताको आरोपमा लालबन्दी नगरपालिका–१७ का अनिष दहाल र कृष्ण साहलाई प्रहरीले सार्वजनिक गरेको हो ।
भुजेल ३१ साउनदेखि बेपत्ता थिइन् । प्रहरीले ती युवाहरूलाई १ भदौमा पक्राउ गरेपछि उनीहरूकै बयानका आधारमा युवतीको शव २ भदौमा सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर खोलाको बगरमा फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धान र बयानबाट प्रियंकाको हत्या ती युवाहरूले नै गरेको खुलेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख एसपी संतोषसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पक्राउ परेकालाई सोमबार दोस्रो पटक म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार