स्वास्थ्य स्वयंसेविकाकै अवैध सम्बन्धबाट गर्भ, जन्मिनासाथ घाँटी निमोठेर हत्या
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार १७:५८:४८
८ भदौ, बैतडी । बैतडीकी एक महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नै नवजात शिशुको हत्या गरेकी छिन् । डिलाशैनी गाउँपालिका–७ ढाँडकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् ।
अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ । गाउँकै १७ वर्षीय किशोरसँग माधवीको अवैध सम्बन्ध रहेको बुझिएको छ ।
आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए । माधवी अहिले प्रहरीको नियन्त्रणमा रहेकी र मंगलबार अदालतबाट म्याद थपेर अनुसन्धान सुरु हुने प्रहरी निरीक्षक शाहीले बताए । कर्तव्य ज्यान मुद्दामा माधवीमाथि अनुसन्धान हुने उनको भनाइ छ ।
माधवीका श्रीमान् वैदेशिक रोजगारमा गएका छन् । माधवीका १३ वर्षीय छोरा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार