एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, सेवाग्राहीलाई सास्ती
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार १८:८:१९
८ भदौ, सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिङ्कको टावरमा खराबी आउँदा अदानचुलीमा हप्ता दिनदेखि इन्टरनेट अवरुद्ध भएको हो ।
टावरमा खराबी आएर हप्ता दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न थप समस्या बनाएको छ ।
वडा नं १ ले लाभग्राहीले पाउने सामाजिक सुरक्षा भत्ता बैंक खातामार्फत कारोवार थाले पनि इन्टरनेट बैंकमा नहुँदा दिनहुँ भत्ता बुझ्न आउने लाभान्वित व्यक्तिलाई भुक्तानी दिन नसकेको ग्लोबल आइएमई बैंकका प्रबन्धक रमेशबहादुर रावलले जानकारी दिए।
बैंकमा रहेको भिस्याड सेवाले समेत काम नगर्दा काम गर्न थप समस्या बनाएको उनले गुनासो गरे। भत्ता पाउने लाभग्राहीको रकम उनीहरूको बैंक खातामा जम्मा भएको भए पनि इन्टरनेट नहुँदा रित्तो हात फिर्ता हुने गरेको र दैनिक नागरिकले सास्ती खेप्नुपरेको प्रबन्धक रावलले बताए ।
गाउँपालिकामा सञ्चारको माध्यम रूपमा रहेको ग्रामीण रेडियो श्रीनगरलाई समेत इन्टरनेट नहुँदा समाचार सम्प्रेषणमा थप समस्या बनाएको रेडियोका स्टेशन म्यानेजर कालीबहादुर थापाले बताए । आफूले अन्य राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने गरेको भए पनि हप्ता दिनदेखि इन्टरनेट सेवा नहुँदा जिल्लामा भएका समाचार सम्प्रेषण गर्न नसकेको बताए ।
इन्टरनेटबाट हुने वडाको सम्पूर्ण कामसमेत प्रभावित भएको वडा नं ३ का कम्प्युटर अप्रेटर राजु पार्कीले गुनासो गरे । इन्टरनेट नहुँदा इमेल, फ्याक्सबाट हुने सम्पूर्ण काम रोकिएको उनले बताए । यस्तै यस क्षेत्रमा रहेका स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा समेत काम गर्न समस्या बनाएको जानकारी प्राप्त भएको छ ।
हप्ता दिनदेखि काम गर्न छाडेको वल्र्डलिङ्क मर्मतका लागि कर्मचारी पठाउन आग्रह गर्दा प्राविधिकको अभाव भएको भन्दै केही दिनपछि मात्रै मर्मतका लागि सोरु पठाउने जानकारी वल्र्डलिङ्कले दिएको छ । यस्तै जिल्लाको सिमकोट गाउँपालिका–७ चौगनफयामा नमस्ते टेलिफोन सेवाले राम्रोसँग काम नगरेको नागरिकले गुनासो गरेका छन् । जिल्ला बाहिर रहेका आफन्त तथा जिल्लामै एकअर्कासँग टेलिफोनमा कुरा गर्न खोज्दा राम्रोसँग काम नगरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार