कांग्रेस पार्टी कार्यालयमा जिल्ला सभापतिहरुको धर्ना
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार १८:११:०
८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद टुंगाएको दावी गरेकै दिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरु सूची सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका छन् ।
क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न गत भदौ ७ गतेसम्मको समयसीमा दिएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि धर्ना सुरु गरेका हुन् ।
नेपाली कांग्रेसको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले आफूहरुले आजदेखि सांकेतिक रुपमा एक घण्टामात्रै धर्ना दिने बताए । माग सम्बोधन नभए धर्ना जारी रहने उनको भनाई छ ।
‘जबसम्म वेबसाइटमा सदस्यता सार्वजनिक गरिंदैन, जबसम्म जिल्ला सभापतिहरुको उम्मेदवारी एकरुपता हुँदैन र सच्याउने मौका पाइँदैन, तबसम्म हाम्रो धर्ना कार्यक्रम जारी रहन्छ,’ उनले भने । क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार