विश्वमा आजकै दिन भएका पाँच महत्वपूर्ण घटना
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार १८:२१:४९
८ भदौ, काठमाडौं । आज २४ अगस्ट । आजकै दिन विश्वमा महत्वपूर्ण राजनीतिक, सामाजिक र वैज्ञानिक घटना भएका थिए । प्रस्तुत छ– विश्वमा आजकै दिन भएका केही महत्वपूर्ण घटना विवरणः
युक्रेनको स्वतन्त्रता
सन् २४ अगस्ट १९४९ मा युक्रेनले स्वतन्त्रता पाएको थियो । सोभियत संघका तत्कालिन राष्ट्रपति मिखाइल गोर्भाचेभलाई ‘कू’ गर्ने असफल प्रयासपछि पूर्वी युरोपेली मुलुक युक्रेनले सोभियत युनियनबाट आज स्वतन्त्रता पाएको थियो । देशको संसद् भर्खहोभन राडाले युक्रेन स्वतन्त्रता घोषणा गर्ने कानुन पारित गर्दै जनमतसंग्रहमा जाने निर्णय गरेको थियो । हरेक अगस्ट २४ मा युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्छ ।
नेटो स्थापना
आजकै दिन अर्थात् २४ अगस्ट १९४९ मा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सेनाको स्थापना भएको थियो । यो एउटा अन्तरसरकारी सैन्य गठबन्धन हो । ४ अप्रिल १९४९ मा नेटो स्थापनाका लागि विभिन्न मुलुकबीच वासिंगटन डिसीमा एउटा सन्धिमा हस्ताक्षर भएको थियो । सुरुमा बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आईसल्याण्ड, इटली लक्जमबर्ग, नेदरल्यान्ड, नर्वे पोर्चुगल, बेलायत र अमेरिकासमेत १२ देश नेटोका सदस्य थिए । अहिले २८ देश नेटो आबद्ध छन् । नेटो सन्धिको एउटा धारामा समूहको कुनै एउटा राष्ट्रलाई आक्रमण गरेमा सम्पूर्ण गठबन्धनलाई नै हमला गरेको मानिन्छ ।
ब्रिटिसले वासिंगटन जलाए
बेलायतका मेजर जनरल रोबर्ट रोस नेतृत्वको सैन्य फौजले आजकै दिन अर्थात् २४ अगस्ट १८१४ मा अमेरिकी सहर वासिंगटन डिसी कब्जा गरेर जलाइदिएको थियो । बेलायती सेनाले राष्ट्रपति र संसद् भवनसमेत हमला गरेका थिए । आक्रमणपछि तत्कालीन राष्ट्रपति म्याडिसन र उनको सरकारका सदस्य भागेर म्यारिल्याण्डको ब्रुकभिल्लामा शरण लिएका थिए । ब्रिटिस सेनाले जम्मा २४ घन्टा वासिंगटन कब्जा गरेको थियो । २४ घन्टापछि अमेरिकाले सो सहर पुनः नियन्त्रणमा लिएको थियो ।
प्लुटोलाई अनौठो ग्रहको मान्यता
आजकै दिन अन्तर्राष्ट्रिय अन्तरिक्ष युनियन (आईएयु) ले प्लुटोलाई अनौठो र पुड्को ग्रहको रुपमा वर्गीकरण गरेको थियो । आईएयुका अनुसार प्लुटो न त ग्रह हो न प्राकृतिक भूउपग्रह नै । यो एउटा यस्तो पिण्ड हो, जसले तारालाई परिक्रमा गर्छ । सन् १९३० मा अमेरिकी अन्तरिक्ष यात्री क्लाइडी टोमबगले यो ग्रहलाई सबैभन्दा पहिले पत्ता लगाएका थिए । वैज्ञानिकहरुका अनुसार प्लुटो हाम्रो सौर्य प्रणालीकै अनौठो ग्रह हो ।
इटालीको विनाशकारी ज्वालामुखी
इतिहासमा आजकै दिन दक्षिण इटालीमा विनाशकारी ज्वालामुखी आएको थियो । ७९ एडी माउन्ट भेसुभिअस नाम दिइएको सो ज्वालामुखीमा २० हजार मानिसको ज्यान गएको थियो । ज्वालामुखीले इटालीका तीन सहर पुरिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार