शिशुलाई बाबुले नै अपहरण गरी बेपत्ता पारे
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार १८:३४:३९
८ भाद्र, काठमाडौं । यही भदौ ३ गते राति दश महिनाको शिशुलाई आफैले अपहरण गरी बेपत्ता पारेको बयान एक व्यक्तिले दिएका छन् । जुम्लाको हिमा गाउँपालिका–३ स्थित जुम्ला च्यामा गाउँका २६ वर्षीय दानबहादुर रोकायाले सोही वडाको मोफ्ला गाउँका– १९ वर्षीया भदुरी कठायतको १० महिने शिशु (छोरा खेमराज)लाई अपहरण गरी बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयमा बयान दिएका हुन् ।
प्रहरी निरीक्षक नवीन थापाले भने, “आफ्नो घर नजिकै रहेको पसलमा बस्दै आएकी भदुरी कहाँ यही भदौ ३ गते राति ९:३० बजे पुगेका अभियुक्त रोकायले भदुरी तिमीलाई आमाले बोलाएकी छिन् भनी झुक्याएका र उनी निस्केपछि भित्र पसेर शिशु अपहरण गरी बेपत्ता पारेका रहेछन् ।”
साबिती बयान पछि अभियुक्तलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई हिरासतमा राखेर थप अनुसन्धान थालिएको बताइएको छ । निजलाई कर्णाली प्रदेश प्रहरी तथा सुर्खेत जिल्ला प्रहरी कार्यालयको समन्वयमा पक्राउ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार