नेपाल लाइफले ग्राहकलाई अर्बौ दावी भुक्तानी गर्न बाँकी, जगेडा कोष पनि रित्तिदै
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
भदौ ८, २०७८ मंगलबार २१:४८:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/nepallife_avDMDm2u1j.jpg)
८ भदाै, काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स नेपालको निकै ठूलो र स्थापित जीवन बीमा कम्पनी हो । बीमा शुल्क आर्जनमा कम्पनीले अन्य धेरै जीवन बीमा कम्पनीलाई पछि पारेको भएपनि कम्पनीले आफ्ना ग्राहकलाई दिने दावी भुक्तानीमा भने निकै असहयोग गर्दै आएको उसैले सार्वजनिक गरेकाे तथ्यांङकले देखाउछ । अन्य सबै सूचकमा कम्पनी एक नम्बर देखिएपनि दावी भुक्तानीमा सबैभन्दा कमजोर देखिएको छ ।
नेपालमा जीवन बीमा गर्ने १९ बीमा कम्पनीहरुले आर्थिक वर्ष ०७७/७८ काे वित्तीय विवरण मा ४ अर्ब ६५ करोड भन्दा धेरै दावी भुक्तानी हुन बाँकी रहँदा नेपाल लाइफ एक्लैको २ अर्ब ५५ करोड दावी भुक्तानी गर्न बाँकी देखिएको छ । यो सबै जीवन बीमा कम्पनीको भुक्तानी हुन बाँकी दावीको करिब ५५ प्रतिशत हाे ।
कम्पनीले प्रकाशन गरेको तथ्याङ्क अनुसार भुक्तानी हुन बाँकी दावीवापत ब्यवस्था अन्तर्गत अवधि समाप्ति, आंशिक अवधि समाप्ति दावी र मृत्यु दावी पर्दछ । उल्लेखित रकम मध्य रु १८.७२ करोड मृत्यु दावीवापत व्यवस्था गरिएको छ ।
नेपाल लाइफको भुक्तानी गर्न बाँकी रहेको दावी रकम आर्थिक वर्ष ०७६/७७ को अन्त्यसम्म १ अर्ब ६१ करोड थियो । तर आर्थिक वर्ष ०७७/७८ मा आउँदासम्म यस्ताे रकम ५८ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ५५ करोड पुगेको छ । पुरानो बीमा कम्पनी मध्येको एक सूर्या लाइफले पनि शतप्रतिशत भुक्तानी गर्न सफल भएकोमा अर्बौ दावी भुक्तानी बाँकी हुनु बीमा कम्पनीका लागि राम्रो मानिदैन् ।
नेपाल लाइफलाई आजको अवस्थामा ल्याउन सफल भएका प्रमुख कार्यकारी अधिकृत विवेक झाको दुई कार्यकालपछि अहिलेको नयाँ व्यवस्थापन ग्राहकको सेवामा लक्षित हुन सकेको छैन् । कम्पनीको संचालक समितिको अध्यक्षमा गोविन्दलाल संघाई छन भने अन्य संचालकमा रामअवतार अग्रवाल, कमलेशकुमार अग्रवाल, विवेक अग्रवाल, कृष्णराज लामिछाने, विमलप्रसाद ढकाल र पारुल ढकाल छन् ।
![](https://i0.wp.com/fra1.digitaloceanspaces.com/appharuspace/nepalbahasnepali/uploads/2021/08/nepallife-Board-of-Directors.jpg?resize=720%2C420&ssl=1)
त्यस्तै उच्च व्यवस्थापनमा सन्तोष प्रसाई प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् भने सुशील कुमार चौधरी नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् ।
बीमा व्यसायको पिलर भनेका बीमा अभिकर्ता हुन् । बीमा अभिकर्तालाई टार्गेट बढाएकोमा उनीहरू खुशी नभएको समाचार विभिन्न संचारमाध्यममा आएका छन् । यसरी बीमा अभिकर्तालाई निचोर्न खोज्दा नेपाल लाइफका स्थापित बीमा अभिकर्ताहरु अन्य बीमा कम्पनीमा जाने सम्भावना पनि छ।
बीमा अभिकर्ताहरु खुशी नभएर होला, नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जनको वृद्धिदर तेश्रो स्थानमा रहेको नेशनल लाइफको भन्दा पनि कम छ । नेशनल लाइफले आर्थिक वर्ष ०७७/७८ मा १२ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरेकोमा कम्पनीको खुद बीमा शुल्क आर्जन करिब ३३ प्रतिशतले वृद्धि भएकोमा नेपाल लाइफको करिब १७ प्रतिशतले मात्र बीमा शुल्क वृद्धि गर्न सफल भएको छ ।
![](https://i0.wp.com/fra1.digitaloceanspaces.com/appharuspace/nepalbahasnepali/uploads/2021/08/nepallife-111.jpg?resize=720%2C420&ssl=1)
नेपाल लाईफले आर्थिक वर्ष ०७७/७८ मा ३१ अर्ब ९६ करोड खुद बीमा शुल्क आर्जन गरेकोमा आर्थिक वर्ष ०७६/७७ मा २७ अर्ब ३४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । बीमा क्षेत्रका जानकारहरूका अनुसार नेपाल लाइफका अभिकर्तामा पहिलाको जस्तो जोस् नरहेको बुझिएको छ ।
रित्तिदै जगेडा कोष, आधारभूत रुपमा कम्पनी कमजोर हुँदै :
आर्थिक वर्ष ०७३/७४ मा ४ अर्ब ७४ करोड रहेको जगेडा कोष अहिले घट्दै घट्दै १ अर्ब पुगेको छ । अन्य कम्पनीहरुको जगेडा कोष वृद्धि हुँदै गएकोमा नेपाल लाइफको भने ५ वर्षमा जगेडा कोष निकै कमजोर हुँदै गएको प्रस्ट देखिन्छ।
नोट : कम्पनीले सार्वजनिक रुपमा प्रकाशन गरेको वित्तीय विवरणको आधारमा गरिएको माथिको विश्लेषण हेरे पश्चात लगानीकर्ताले आफुले अध्ययन गरेर लगानीको आफ्नो निर्णय लिनु होला । यो विश्लेषण शेयर कारोवारको लागि तयार पारिएको सामाग्री होइन । लगानी गर्ने वा नगर्ने बारेमा नेपालबहसले कुनै निर्णय दिएको हाेइन।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार