ट्रस पुल निर्माणसँगै चार दशकदेखिको सास्ती हट्यो
नेपालबहस संवाददाता
भदौ ८, २०७८ बुधबार ३:१८:५१
८ भदौ, कपिलवस्तु । वर्षायामसँगै कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ मसुरे र अर्घाखाँचीको शितगंगा नगरपालिका ११ का जनताको कष्टकर जीवन सुरु हुन्थ्यो । बुद्धभूमि ३ घोँघवा खोलामा पुल नहुँदा राजमार्ग पुग्ने एउटै बाटो उनीहरुका लागि बन्द हुन्थ्यो ।
विद्यालय जान, बिरामी हुँदा उपचार गर्न, किनमेल गर्न जान खोलाकै कारण वन्चित हुनु परेको थियो । पुल नहुँदा २ हजार बढी नागरिक ४ दशकदेखि सास्ती खेप्दै आएका थिए । तर संघीय सरकार र बुद्धभूमि नगरपालिकाको सहयोगमा फलामे ट्रसको पुल बनेपछि मसुरे गाउँसँगै शितगंगाका मौवावारी, लुंग्री लगायतका स्थानीयलाई राहत भएको छ ।
पुल नहुँदा वर्षायाममा खोला तर्दै यात्रा गर्नुपर्ने बाध्यता थियो । बाढी आउँदा खोला तर्न नसकी घरमै फर्किनुपर्ने बाध्यता थियो । विगत ४० वर्षदेखि दुःख झेल्दै आएका स्थानीय गत फागुनदेखि समस्यामुक्त भएको बुद्धभूमि ३ का वडाध्यक्ष गोविन्द प्रसाद आचार्यले बताए । पुलले २०३० साल अगाडिदेखि बस्दै आएको दुई जिल्लाका २ हजार भन्दा धेरै नागरिक लाभान्वित भएका छन् ।
टाँकु मसुरे ट्रस पुल निर्माण उपभोक्ता समितिमार्फत ३० लाख ६५ हजार २ सय १७ रुपैयाँको लागतमा गत फागुनमा पुल निर्माण सम्पन्न भएको थियो । कोरोनाका कारण पुल निर्माण कार्य १ वर्ष पछाडि धकेलिएको पुल निर्माण समिति सचिव युवराज न्यौपानेले बताए ।
पुलका कारण ५०५ घरधुरीका महिला, वृद्ध र बालबालिकाको दैनिकी सहज भएको छ । खोलाका कारण हुने समस्याबाट मुक्त भएका छन् । ३२ मिटर लामो पुल निर्माणका लागि बुद्धभूमि नगरपालिकाको १ लाख ८३ हजार ९१३ रुपैयाँ, उपभोक्ता समितिको ६१ हजार ३०४ र संघीय सरकारको २८ लाख १९ हजार ९९९ रुपैयाँ लागत रहेको छ ।
पुलबाट साइकल, मोटरसाइकल र अटोसमेत आवतजावत गर्न सक्ने गरी तयार पारिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार