सकिएन पम्पिङ खानेपानी आयोजनाको काम
नेपालबहस संवाददाता
भदौ ९, २०७८ बुधबार १४:३७:२८
९ भदौ, खोटाङ । सुक्खाग्रस्त क्षेत्र हलेसी आसपासका स्थानीय बासिन्दालाई घरघरमा खानेपानी उपलब्ध गराउने गरी विसं २०७४ असार २१ गतेबाट बृहत दूधकोशी पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । विसं २०७६ पुस १७ गतेसम्ममा निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने गरी दिवा–महादेव खिम्ती निर्माण कम्पनीले जिम्मा लिएको उक्त आयोजनाको काम अझै सम्पन्न भएको छैन ।
दूधकोशी नदीको पानी पम्पिङमार्फत गाउँमा निकालेर घरघरमा वितरण गर्ने उद्देश्यले सुरु गरिएको आयोजनाको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको देखिएको छ । हलेसी क्षेत्रका करिब तीन हजार ७५६ घरधुरी स्थानीय बासिन्दालाई वितरण गर्ने लक्ष्य राखिएको बृहत् खानेपानी आयोजनाको काम तोकिएको समय बितेको दुई वर्ष बित्न लाग्दासमेत ८२ प्रतिशतमात्र काम सम्पन्न भएको पाइएको छ ।
दूधकोशीको पानीलाई पम्पिङ गरेर हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र वडा नं ७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मुख्य लाइनको ठेक्काको समयसीमा सकिएको १९ महिना बितिसकेको छ ।
यस्तै भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्न लागिएको पानीलाई वडा–वडामा वितरण गर्ने कामको समयसीमा सकिएको कम्तीमा १३ महिना बितिसकेको सम्झौतामा उल्लेख छ ।
मुख्य प्रसारण लाइनबाट वितरण लाइनसम्मको काम करिब ७५ प्रतिशमात्र सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका प्रमुख हिराकाजी महर्जनले जानकारी दिए । नगरपालिकाका सात वडाका स्थानीय बासिन्दाको खानेपानीको विकराल समस्या हल गर्न रु ९६ करोडभन्दा बढीको बृहत् पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको हो ।
दूधकोशी नदीको पानी गाउँमा निस्कने आशामा बसेका स्थानीय बासिन्दा ठेकेदार कम्पनीको लापरवाहीका कारण आयोजनाको काममा ढिलासुस्ती भएपछि आजित बनेका छन् । विसं २०७४ असार २१ गतेबाट सुरु गरिएको आयोजना निर्माणको काम अहिले ठप्प रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
विसं २०७६ पुस १७ गते नै समयसीमा सकिएको मुख्य प्रसारण लाइनको कोभिड–१९ का कारण देखाउँदै गत असार मसान्तसम्म म्याद थप गरिएको थियो । गत असार मसान्तसम्मको समयसीमा सकिएपछि पुनः कोभिड–१८ कै कारण देखाएर छ महिनाको दोस्रो समयसीमा थपको प्रक्रिया अघि बढाइएको छ ।
दिवा–महादेवले खिम्तीले दूधकोशीको पानीलाई महादेवस्थानको भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्नुपर्ने सम्झौता छ । दूधकोशी किनारको महादेवबेँसीबाट काभ्रेडाँडा र लुलिमाबाट भुम्जुडाँडामा पानी निकाल्न उक्त कम्पनीले जिम्मा लिएको हो ।
सम्झौताअनुसार दिवा–महादेव खिम्तीले ट्याङ्की निर्माण, पाइप लाइन, विद्युतीकरण, ट्रान्सफर्मर जडानलगायतका काम गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण कम्पनीले खानेपानी आयोजनामा अपेक्षित र सन्तोषजनक प्रगति देखाउन नसकेको भन्दै नगरप्रमुख इवन राईसहित हलेसी क्षेत्रका नेताको टोलीले विसं २०७६ भदौमा तत्कालीन खानेपानीमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिमाथांका अरुण र मुगु कर्णाली जलविद्युत् आयोजनामा लगानी आह्वान, साढे ५ खर्ब लागत
मंसिर २३, २०८१ आइतबार
सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन
मंसिर २१, २०८१ शुक्रबार
भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
मंसिर २०, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
सिटिजन्स बैंकका ग्राहकलाई भोकमन्त्रमा १० प्रतिशत सम्मको आकर्षक छुट
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति
मंसिर २६, २०८१ बुधबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार