पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण
नेपालबहस संवाददाता
भदौ ९, २०७८ बुधबार १६:४३:३
९ भाद्र, डोटी । किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । मकै बाली अहिले बाँदरले आएर नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा साइन नेपाल नामक संस्थाले उक्त बाँदर धपाउने यन्त्र वितरण गरेको हो ।
राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट खरिद गरी ल्याइएका उक्त यन्त्र गाउँपालिकाका सात वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।
उक्त यन्त्र पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने भएकाले वडाको जिम्मामा आवश्यकतानुसार मात्र पड्काउने शर्तमा वितरण गरिएको बताइएकोे छ ।
बाँदरको आतङ्कबाट छुट्कारा पाउन गाउँपालिकाका सातवटै वडाका अध्यक्षलाई २५ थान यन्त्र हस्तान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए ।
उक्त यन्त्र पड्काउँदा कम्तीमा पनि २० वटा बन्दुक पड्काए जति आवाज आउने र बाँदर पहिलेको ठाउँबाट भागेर नयाँ ठाउँमा जाने भएकाले किसानको खेतीबारी सुरक्षित हुने साइन नेपालले जनाएको छ । बाँदर धपाउने यन्त्र निकै प्रभावकारी देखिएको वडा नं २ का किसान करनसिंह साउदले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार