कोरोना त्रासका बीच पनि हुम्लामा आउने पर्यटकको संख्या बढ्दै
नेपालबहस संवाददाता
भदौ ९, २०७८ बुधबार १६:५९:१४
९ भाद्र, सिमकोट । जिल्लामा पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै कोरोना त्रासका बीच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् ।
उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पयर्टक भित्रिने क्रम बढेको छ । लिमीको लाप्चाबाटै मानसरोवरको दर्शन गर्न दुई दिनको अवधिमा १०७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पयर्टक जिल्ला पुगेको सिमकोट विमानस्थलले जनाएको छ ।
दुई वर्षदेखि चीनले आफ्नो सीमासँग जोडिएको हिल्सा नाका कोरोना सङ्क्रमणको त्रासका कारण बन्द गरेको भए पनि नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शनका लागी गुरु सदगुरुसहित विभिन्न देशका पर्यटक जिल्ला आउन थालेका छन् ।
दुई वर्षदेखि होटल व्यवसाय सुनसान रहँदा पछिल्लोपटक नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न भारतीय धार्मिक गुरु सदगुरुको टोली हुम्ला आउने भएपछि होटल व्यवसायीमा आशा पलाएको छ । एक करोडभन्दा बढी लगानी गरेर सञ्चालनमा आएका होटल व्यवसाय ओरालो लागेका बेला मानसरोवर कैलाशको दर्शन गर्न पर्यटक आउन थालेपछि व्यवसायले पुनःजीवन पाउने आशामा व्यवसायी खुशी भएका छन् ।
पर्यटन व्यवसायी याङ्की लामाले कोरोना महामारीले हिल्सा नाका बन्द हुँदा पहिलोपटक सदगुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला आउन लागेपछि होटल व्यवसायीमा आशा पलाएको बताउनुभयो । दुई सिजनसम्म बन्द भएका होटल अब सञ्चालनमा आउने बाटो खुलेको जनाउँदै उहाँले अब व्यवसायीमा उत्साह छाउन थालेकमा खुसी व्यक्त गरे ।
सदगुरुसहितको टोली हुम्लाबाट नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदलमार्गमा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न आउने भएपछि १०७ जना काठमाडौँबाट हेलिकोप्टरमार्फत सिधै सिमकोट आइपुगेका छन् । ट्रेकर सोसाइटीका राजन अधिकारीका अनुसार यसमा कुक, गाइड र आवश्यक सामग्री सबै आइपुगेका छन् । टोली हुम्ला पुगेपछि तरकारी र दैनिक उपभोग्य वस्तुको बजारमा बिक्री बढेको छ ।
उहाँले हुम्ला पुगेका टोलीले कोरोनाका कारण होटलमा बस्ने व्यवस्था नगरेर सिमकोटस्थित तल्लो बजारमा रहेको खेलमैदान र सिमसार क्षेत्रमा पालको व्यवस्था गरिएको बताउनुभयो । पालमा सदगुरुसहितका सबै टोली एक रात बस्नेछन् । यता स्थानीय २५ भरिया पनि तयार गरिएको छ । कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएका भरिया खोजिएको र उहाँहरूले टोलीसँगै भारी बोकेर लाप्चासम्म पुग्नु पर्नेछ ।
पर्यटन व्यवसायी विजय लामाका अनुसार गुरु एक रात सिमकोटमा बस्ने र बिहीबार बिहान मात्र पैदलमार्गबाट लाप्चातर्फ लाग्नु हुनेछ । सदगुरुसँग १२ जना भारतीयलगायत १० देशका तीर्थलु सहभागी रहनेछन् । टोलीको यात्राका लागि मोटरसाइकलदेखि घोडाको समेत व्यवस्था गरिएको छ । सदगुरुले प्रयोग गर्ने मोटरसाइलसमेत मङ्गलबार सिमकोट आइपुगेको छ । उक्त मोटरसाइकल हवाईजहाजमार्फत सिमकोट पु¥याइएको हो ।
होटल व्यवसायीमा आशा पलायो
दुई वर्ष अगाडिसम्म सिमकोटमा पर्यटक लक्षित गरेर स्थापना भएका १३ वटा होटललाई मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको सम्झँदै होटल सङ्घका अध्यक्ष मिम लामाले कोरोनाको अवधिमा सुस्ताएका यी होटल अब पुनः पर्यटकको आगमन सुरु भएसँगै उत्साहित भएको बताए ।
हिन्दूहरूका चर्चित सदगुरु आउने र पैदलमार्गबाट नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शनका साथै पूजापाठ पनि गर्ने भएका कारण यसको सकरात्मक सन्देश जाने विश्वास पर्यटन तथा होटल व्यवसायीले गरेका छन् ।
आगामी असोजसम्म लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएका कारण भारतबाट धेरै धार्मिक पर्यटकले सम्पर्क गरिरहेको पर्यटन व्यवसायी विजय लामाले बताए । अब कोरोना त्रासका कम पर्यटक भित्रिने सङ्ख्या ह्वात्तै बढ्ने र यसबाट शिथिल भएको होटल व्यवसाय पुरानै लयमा आउने उहाँले विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार