नारायणकाजीलाई प्रवास पठाइएयो, महरालाई प्रवक्ताको जिम्मेवारी

नेपालबहस संवाददाता
भदौ ९, २०७८ बुधबार १७:४१:२५

९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजनमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई महत्वपूर्ण विभाग र जिम्मेवारीबाट हटाएर प्रवासको जिम्मेवारीमा पठाइएको छ ।
हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोक्दै माओवादीले श्रेष्ठलाई प्रवासको जिम्मेवारी तोकको हो । त्यस्तै पूर्व सभामुख कृष्णबहादुर महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।
यसअघि महराले लिएको जिम्मेवारीमा श्रेष्ठ थिए । श्रेष्ठले आफू प्रचण्डपछिको दोस्रो नेता भएकाले प्रवक्ता नबस्ने जनाएका थिए । सोही अनुसार उनलाई प्रवासको जिम्मेवारी दिइएको माओवादीले जनाएको छ । माओवादीद्धारा नवगठित समितिमा कतै इन्चार्ज मात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ ।
यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको छ । जसअनुसार अर्थ विभागको प्रमुखमा वर्षमान पुन रहेका छन् भने कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा वाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृकाप्रसाद यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, प्रवक्तामा कृष्ण बहादुर महरा, संगठन विभागमा जनार्दन शर्मा प्रमुख रहेका छन् ।
यसैगरी स्कुल विभागमा प्रचण्ड तथा प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् । यता यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ प्रवास समिति इन्चार्ज रहेका छन् । यस्तै माओवादीले जनवर्गीय तथा सामुदायिक संगठनका इन्चार्ज पनि तोकेको छ । माओवादीले रिक्त रहेका समिति र बाँकी केन्द्रीय सदस्यहरुको जिम्मेवारी पछि तोकिने पनि अध्यक्ष प्रचण्डले गरेको आन्तरिक परिपत्रमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार