“काभ्रे फेस्ट-सिजन २”को अडिसन सम्पन्न!!!
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
भदौ ९, २०७८ बुधबार १९:४:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/ANL9978-e1629876800936_uYLRdwTyqk.jpg)
९ भदौ , काठमाडौं । एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो “काभ्रे फेस्ट-सिजन २” को अडिसन सम्पन्न गरेका छन्।
बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट-सिजन २”अन्तिम चरणको अडिसन काभ्रेको बनेपा मा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको संग्लनतामा र स्थानीय संघ संस्थाहरु को सहकार्यतामा शनिबार को दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid-19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि सम्पन्न गरिएको छ।
उक्त अडिसन मा सहभागीहरुको बाक्लो उपस्थिति रहेतापनि महिला तर्फबाट २०जना र पुरुष तर्फबाट ६ जना गरि छनौट गरिएको छ। यस कार्यक्रममा सहभागि हुन फारम सुल्क रु १००० राखिएको थियो भने हालको पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका आयोजक नितिन कायस्तले जानकारी दिए।
उक्त कार्यक्रमलाइ राष्ट्रिय मोडेलिङ्ग संघ काभ्र ,यूरेका लियो क्लब बनेपा ,यूरेका लियो क्लब काठमाडौँ ,सौन्दर्य कलाकर्मी संघ -काभ्रे र नया युवा नया सोच काभ्रे संघले सहयोग गरिरहेका छन्। कोभिद -१९ स्वास्थ्य सम्बन्धि सम्पूर्ण सामग्रीहरु भूमि अस्पताल -बनेपाले उपलब्ध गराएका थिए।
छनौटमा परेका सम्पूर्ण युवा -युवतीहरुलाइ यहि आउदो बुधबार देखि प्रसिक्षण प्रदान गरीनेछ।जहाँ हामी मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहनेछ ।
वर्तमान को असजिलो परिस्थितिमा आफू भित्रको क्षमता,आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा “काभ्रे फेस्ट -सिजन २” एउटा सुनौलो अवसर रहेको छ।
काभ्रे फेस्ट,युवा -युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो,जहा बिबाहित -अबिबाहित ,महिला -पुरुष दुवैले सहभागिता जनाउन पाएका छन् । ।
अन्तिम अडिसन को निर्णायकका रुपमा प्रसिद्ध सौन्दर्य कलाकर्मी एबम समाजसेबी रुसका बैद्य त्येसैगरि बनेपा सौन्दर्यकर्मीका अध्यक्ष एबम योगा प्रशिक्षक सोभा थापा नकर्मी ,मोडलिङ् संघ काभ्रेका अध्यक्ष एबम प्रोदुसर र डइरेक्टर जिबन खड्गी र क्यस्तोलो कस्मिरि पश्मिना का संचालक -युवा ब्यबसायी प्रकाश बोलाखे रहेका थिए।
हामीले गरिने कुनैपनि प्रतियोगितामा सहभागिले न त परिचयात्मक चरणमा बोल्नुपर्छ न प्रश्न रउत्तर चरणकै सामना गर्नुपर्ने हुन्छ।हामीले समग्र मुल्यांकन सहभागिको मोडल व्यक्तित्व तथा मोडलिङ मा अभिरुचि ,फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुनेछ।
वर्तमानको स्थितिमा सुधार भए पश्चात उक्त प्रतियोगिताको अन्तिम चरण बनेपा मा गरिने भनि यस एल एंड एन मोडेल एजेंसी का कार्यक्रम आयोजक कमिटि सुशील सैंजु र शिशिर पाण्डे ले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि
माघ २३, २०८१ बुधबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार