म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गर्ने एक पक्राउ
नेपालबहस संवाददाता
भदौ ९, २०७८ बुधबार १९:२०:५०
९ भदौ, काठमाडौं । म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर काठमाडौं चन्द्रागिरी नगरपालिका-६ बस्ने ३१ वर्षीय सुवास खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी महंगो मूल्य समेत राखी बजारमा बिक्री गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवन र बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त टोलीले उक्त प्रालि तलासी गर्दा ठूलो परिमाणमा म्याद गुज्रिएका विभिन्न कम्पनीबाट उत्पादित खाद्य सामग्री बिस्कुटहरु, पास्ता, कर्नफ्लेक्स, सेवाई, लगायतका म्याद गुज्रिएका सामानहरुलाई समेत मेसिनद्धारा नयाँ उत्पादन मिति तथा मूल्य रिलेभलिङ गरि थोक तथा खुद्राका लागि बिक्री गरिरहेको अबस्थामा फेला पारी खड्कालाई पक्राउ गरेको हो । साथै उत्पादन मिति र मूल्य रिलेभलिङ गर्ने डिजिटल मेसिन १ थान र लेभल मेट्न प्रयोग हुने केमिकल १ थान समेत प्रहरीले बरामद गरेको छ ।
खड्कालाई आवश्यक कारवाहीको लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाडौं पठाईएको तथा हाल फरार सोही प्रालिका संचालक काठमाडौं नयाँ बानेश्वर बस्ने मोरङ घर भएका प्रभात देवको खोजी गरिरहेको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार