प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
भदौ ९, २०७८ बुधबार २०:४:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/bridge-1_GAv8YtJI2V.jpg)
९ भाद्र, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण गरिएको छ ।
कुइनेमङ्गलेको घ्यासीखर्कदेखि ढाँड, दुवाडी, पात्लेखर्क हुँदै रिखार जाने पदमार्गमा रहेका छहरेखोला र बगरखोलामा अस्थायी काठे साँघुलाई विस्थापित गरी झोलुङ्गेपुल निर्माण गरिएको हो ।
पात्लेखर्कदेखि रिखार जाने पदमार्गमा पर्ने बगरखोलामा रु ४६ लाख ७१ हजार लागतमा ७१ मिटर लामो झोलुङ्गेपुल निर्माण भएको छ । नेपाल सरकारले उपलब्ध गराएको ससर्त बजेटबाट गाउँपालिको सञ्चालन गरेको यस योजनमा उपभोक्ताले रु ९३ हजार बराबरको श्रमदान गरेका छन् । यस खोलामा हरेक वर्ष वारपारका लागि काठे साँघु बनाउने गरिएको थियो ।
जनैपूर्णिमा पर्वका अवसरमा विशेष पूजा हुने रिखार जाने भक्तजनको सुविधाका लागि हरेक वर्ष अस्थायी साँघु बनाउँदा करिब ३० हजारको हाराहारीमा खर्च हुँदै आएकामा झोलुङ्गेपुल निर्माण भएपछि साँघु बनाउनुपर्ने झन्झट हटेको र आर्थिक व्ययभारसमेत हटेको रिखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले बताए ।
त्यसैगरी छहरेखोलामा रु ४२ लाख ६९ हजार लागतमा ७४ मिटर लामो झोलुङ्गेपुल निर्माण भएको छ । नेपाल सरकारको सशर्त अनुदानबाट गाउँपालिकाले सञ्चालन गरेको यस योजनामा उपभोक्ताले ८५ हजार बराबरको श्रमदान गरेका छन् । यो पुल निर्माणपछि घ्यासीखर्कदेखि ढाँड, दुवाडी, पात्लेखर्कका स्थानीयवासीलाई वारपार र आवतजावतका लागि सहज भएको छ भने रिखार जाने भक्तजन र पर्यटकहरुलाई समेत सुविधा पुगेको छ ।
दुवै पुल निर्माणमा गैरसरकारी संस्था मिलन म्याग्दीले प्राविधिक सहजीकरण गरेको थियो । दुवै झोलुङ्गेपुलको एक कार्यक्रमबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले उद्घाटन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
चौतर्फी दबाबपछि ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा