कांग्रेस जिल्ला सभापतिहरूको अनशनमा संस्थापनइतरका नेताहरूको ऐक्यबद्धता
नेपालबहस संवाददाता
भदौ ९, २०७८ बिहिबार ०:६:२५
९ भदौ, काठमाडौं । क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गर्ने मागसहित कांग्रेस मुख्यालय सानेपामा रिले अनशनमा बसेका जिल्ला सभापतिको मागमा संस्थापनइतरका नेताहरू पुगेर ऐक्यबद्धता जनाएका छन् ।
कांग्रेसको काभ्रे, नुवाकोट र धादिङका जिल्ला सभापतिहरूले सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै सुरु गरेको अनशनमा ऐक्यबद्धता जनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा. शेखर कोइरालालगायतका नेताहरू सहभागी छन् ।
उनीहरुले आज बिहान नेता प्रकाशमान सिंहको निवासमा भेला भएर जिल्ला सभापतिको अनशनमा ऐक्यबद्धता जनाउने निर्णय गरेका थिए । उपसभापति विमलेन्द्र निधि भने अनशनमा ऐक्यबद्धता जनाउन पुगेका छैनन् ।
नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले सोमवार क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन बुझाइसकेको छ । पार्टी सभापतिलाई बुझाइएको यो प्रतिवेदनलाई सभापतिले निर्वाचन समितिलाई बुझाउने र समितिले जिल्ला सभापतिहरुमार्फत सार्वजनिक गर्ने कांग्रेसको कार्यविधिमा उल्लेख छ ।
समितिले प्रतिवेदन नबुझ्दै सदस्यता वितरणमा संस्थापन पक्षबाट मनपरी भएको दावी गर्दै जिल्ला सभापतिहरुले आजबाट रिले अनशन सुरु गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार