दैलेखका ११ स्थानीय तहमध्ये बेरुजु आउनेमा ठाटीकाँध पहिलो नम्बरमा
नेपालबहस संवाददाता
भदौ ९, २०७८ बिहिबार ०:४:३४
९ भदौ, दैलेख । जिल्लाका ११ वटा स्थानीय तहमध्ये बेरुजु आउनेमा ठाटीकाँध पहिलो नम्बरमा रहेको छ । दैलेखक स्थानीय तहमा झण्डै ४६ करोड रुपैयाँ बेरुजु मध्ये ठाटीकाँधमा १० करोड १३ लाख २५ हजार रुपैयाँ बेरुजु निस्किएको छ ।
महालेखा परीक्षकको ५८ औं बार्षिक प्रतिवेदन २०७८ अनुसार जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकामा ४६ करोड १५ लाख रुपैयाँ बेरुजु निस्किएको हो ।
ठाटीकाँधमा १ अर्ब २५ करोड ७३ लाख ३८ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा १० करोड १३ लाख २५ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ८ दशमलव ६ प्रतिशत हो ।
जिल्लामा सबैभन्दा कम भगवतीमाई गाउँपालिकामा बेरुजु देखिएको छ । गाउँपालिकाको ९६ करोड १७ लाख ६३ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा कुल बजेटको १ दशमलव ९० प्रतिशत अर्थात एक करोड ८३ लाख १७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
यस्तै आठबीस नगरपालिकामा कुल बजेटको ३ दशमलव २८ प्रतिशत अर्थात दुई करोड ६८ लाख ६७ हजार रुपैयाँ बेरुजु देखिएको छ । नगरपालिकाले ८१ करोड ९३ लाख दुई हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।
गुराँस गाउँपालिकाले लेखापरीक्षण गराएको ८९ करोड ५ लाख ३८ हजार रुपैयाँमा पाँच करोड ४४ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ६ दशमलव २२ प्रतिशत हो ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाले लेखापरीक्षण गराएको ९४ करोड ५६ लाख २९ हजार रुपैयाँमा दुई करोड ६८ लाख ६३ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको २ दशमलव ८४ प्रतिशत हो ।
७४ करोड ४५ लाख पाँच हजार रुपैयाँको लेखापरीक्षण गराएको डुङ्गेश्वर गाउँपालिकामा दुई करोड ९१ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ३ दशमलव ३८ प्रतिशत हो ।
एक अर्ब ५० करोड ५३ लाख ५३ हजार रुपैयाँको लेखापरीक्षण गराएको दुल्लु नगरपालिकामा लेखापरीक्षण गरिएको कुल बजेटको २ दशमलव ९३ प्रतिशत अर्थात चार करोड ४० लाख ७० हजार रुपैयाँ बेरुजु निस्किएको छ ।
नारायण नगरपालिकाले लेखापरीक्षण गराएको एक अर्ब ११ करोड ८६ लाख २० हजार रुपैयाँमा चार करोड २७ लाख तीन हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ३ दशमलव ८२ प्रतिशत हो ।
यस्तै नौमूले गाउँपालिकामा तीन करोड ४६ लाख १६ हजार, महाबु गाउँपालिकामा तीन करोड २६ लाख ८५ हजार र भैरबी गाउँपालिकामा ३ करोड ९५ लाख २२ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौमूलेले ७८ करोड ७८ लाख ५३ हजार, महाबुले ७९ करोड २ लाख १ हजार र भैरबीले ८५ करोड ९६ लाख १९ हजार रुपैयाँको लेखा परीक्षण गराएका थिए । बेरुजु रकम नौमूलेमा लेखापरीक्षण गरिएको कुल बजेटको ४ दशमलव ३९ प्रतिशत, महाबुमा ४ दशमलव १४ प्रतिशत र भैरबीमा ४ दशमलव ६० प्रतिशत हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार