प्रदेश १ मा मूख्यमन्त्री परिवर्तन हुँदै, आचार्यले आजै शपथ लिने संभावना
नेपालबहस संवाददाता
भदौ १०, २०७८ बिहिबार १६:५०:२३
१० भदौ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीे बैठक अघि नै प्रदेश १ को मूख्यमन्त्री परिवर्तन हुने भएको छ । चार दिन यता काठमाडौमा रहेका प्रदेश १ का मूख्यमन्त्री अहिले बिहान विराटनगर पुगेका छन् । उनले आजै राजीनामा दिएर संसदीय दलको नेतामा भीम आचार्यलाई प्रस्ताव गर्दै आजै मूख्यमन्त्री नियुक्तिको तयारी भएको छ ।
आचार्यलाई दलको नेता चयन गर्न अहिले ११ बजे एमाले प्रदेश–१ संसदीय दलको बैठक बस्दैछ । बैठकका बारेमा सांसदहरुले सार्वजनिक नबोले पनि ११ बजे फाइनल भएको र नयाँ संसदीय दलको नेता चयन हुने उनीहरुको भनाई छ । ‘बैठकले संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गर्ने र ३ बजेभित्रै मुख्यमन्त्रीको शपथ लिने सम्भावना छ,’ प्रदेश १ का एक सांसदले भने ।
आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका बहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाईका साथ मुख्यमन्त्री शेरधन राईले लचकता देखाउन लागेका हुन् । ‘अब गुट भन्दा पार्टी महत्त्वपूर्ण भएकोले जे गर्दा एमाले पार्टी र सरकार जोगिन्छ त्यही गर्न मुख्यमन्त्री तयार हुनुहुन्छ,’ ती सांसदको भनाई छ ।
२०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधनले २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए । खोटाङका सांसद राजन राईको मत बदर भएको थियो । साढे तीन वर्ष अगाडि गुटको लाइनमा चुनाव लढेका राई र आचार्य एमाले जोगाउने मुद्दामा भने एक भएका छन् ।
माधव नेपाल समूहबाट भोजपुरकै राजेन्द्र राईले मूख्यमन्त्रीमा दावी गरिरहेका छन् । अहिले नेकपा एकिकृत समाजवादीमा लागेपछि राईले मूख्यमन्त्री हुने इच्छा देखाएका हुन् । २०७४ फागुन २ मा मुख्यमन्त्री भएका राई २०७८ भदौ १० मा आएर त्याग गर्न तयार भएका छन् । ९३ सदस्यीय प्रदेश–१ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन् ।
४७ सदस्यले मुख्यमन्त्री बन्ने मत पुग्ने भएकोले जतिसक्दो जोगाउन आचार्य र राई एक भएका हुन् । पार्टीमा असार २७ गरिएको १० बुँदे कार्यान्वयन भएपछि आचार्य प्रदेश १ को इन्चार्ज समेत हुन । अहिले प्रदेश–१ मा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई र पाँचथरका गणेशकुमार कम्बाङ मात्रै एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजबादीमा गएका छन् ।
यसअघि बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य मूख्यमन्त्री भैसकेकी छिन् । अष्टलक्ष्मी शाक्यले आफू ओली र नेपाल दुवै जनाको समर्थनमा मूख्यमन्त्री भएको बताउदै आएकी छिन् । उनी बाग्मती प्रदेशको एमाले इन्चार्ज पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार