स्मृतिमा मंगलादेवी सिंहः महिला अधिकारका लागि लड्ने साहसी महिला
नेपालबहस संवाददाता
भदौ १०, २०७८ बिहिबार १७:१६:४४
◊अच्युत रेग्मी
१० भदौ, काठमाडौं । नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न स्वर्गीय मंगलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ । नेपाल महिला संघकी संस्थापक अध्यक्षसमेत रहेकी स्व सिंहले जहानिया राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । स्व सिंहको जन्म विस १९८१ मा काठमाडौंमा भएको हो । विस १९९७ असारमा गणेशमान सिंहसँग विवाह भए पनि १९९७ कात्तिकमा गणेशमान सिंह प्रजापरिषद्मा लागेको भन्दै जन्मकैदको सजाय भएपछि उनी जहानियाँ राणा शासन विरोधी आन्दोलनमा सक्रिय भएको थियो ।
नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला मंगलादेवी महिला आन्दोलनको क्रियाशील व्यक्तित्व भएको बताउछन् । मंगलादेवीको योगदानका कारण अहिले सरकार र पार्टीभित्र महिलाको एकतिहाइ अधिकार सुनिश्चित भएको उनको भनाइ थियो । “देशभर भएको सशस्त्र क्रान्तिमा मंगलादेवी, दिव्या कोइराला, सुष्मा कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, नोना कोइरालालगायत जेल पर्दा मैले उनलाई जेलमा भेटेको थिए, उनी साहसी महिला थिइन्”, उनी भन्छिन् ।
मंगलादेवी विसं २००४ मा भूमिगत सङ्गठनका रुपमा नेपाल महिला संघको स्थापना गरेर अध्यक्ष हुनुभएको थियो । विसं २००५ मा पद्मशमशेरले गरेको सुधारप्रति असन्तोष प्रकट गर्दै उनी जुलुस लिएर राणाको दरबार पुगेको थियो । विसं २००७ को सशस्त्र क्रान्तिमा उनले ठूलो भूमिका निर्वाह गरेको थियो । नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी नेपालको प्रजातन्त्र स्थापनामा मंगलादेवीको ठूलो योगदान रहेको बताउछिन् । “निर्वाचनमा महिलालाई भोट दिने अधिकार, महिलालाई शिक्षा दिने अधिकार उहाँकै योगदानबाट सम्भव भएको हो”, उनी भन्छिन् ।
उनलाई विसं २०१७ मा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी पाँच वर्ष कैद गरिएको थियो । उनी विसं २०२५ पछि आठ वर्ष प्रवासमा रहेकी थिइन् । मङ्गलादेवी विसं २०४२ मा सत्याग्रह र विसं २०४६ को आन्दोलनमा पनि सक्रिय रहेकी थिइन् । विसं २०४८ प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भइन् । उनले ‘नारी सङ्घर्षका पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तकसमेत प्रकाशन गरेकी छिन् । सिंहको निधन विसं २०५३ भदौ १० गते भएको थियो ।
कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह उनका छोरा छन् । मङ्गलादेवीको स्मृति दिवसकै अवसर पारेर आज नेपाल महिला संघ केन्द्रीय समितिले धापासीस्थित केन्द्रीय कार्यालयमा रहेको प्रतिमामा माल्यार्पण गर्ने गरेको छ । यस्तै उहाँको स्मृति दिवसको अवसर पारेर देशभर नेपाल महिला संघले विभिन्न कार्यक्रम गर्ने अध्यक्ष रेग्मीले जानकारी दिए ।
मङ्गलादेवीको शालिकमा माल्यार्पण
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवीको २६ औँ स्मृति दिवसका अवसरमा उहाँको शोभाभगवतीस्थित शालिकमा माल्यापर्ण कार्यक्रम आयोजना गरिएको छ । नेपाल महिला सङ्घ काठमाडौँको आयोजनामा आज आयोजना गरिएको कार्यक्रममा कांग्रेस नेता प्रकाशमानलगायत नेताले शालिकमा माल्यार्पण गरे ।
माल्यार्पणपछि कांग्रेस नेता प्रकाशमानले नेपालको महिलामुक्ति आन्दोलन र महिला अधिकारका लागि आवाज उठाउने महिलानेत्री उनले भएको बताए । महिलालाई सङ्गठित बनाउन मङ्गलादेवीको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । “नेपालमा एकतन्त्रीय राणाशासन फाल्ने कुरामा होस् या प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा होस् स्व मङ्गलादेवीको महत्वपूर्ण योगदान रहेको छ”, उनले भने ।
अर्को फरक प्रसङ्गमा उनले प्रजातान्त्रिक पार्टी कांग्रेसको महाधिवेशन समयमै निष्पक्ष र धाँधलीरहित तवरले हुनुपर्ने बताए । विधि, प्रक्रिया पूरा नगरेकाले अहिले कांग्रेसभित्रको क्रियाशील सदस्यतामा विवाद देखिएको उनको भनाइ थियो । उनले संविधानमा नै महिलालाई ३३ प्रतिशत अधिकारको सुनिश्चित गरेकाले पार्टीले पनि ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको उल्लेख गरे । पार्टीलाई संस्थागतरुपमा अगाडि बढाउनका लागि महिलाले विवेकसम्मत ढङ्गले मताधिकार प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा पूर्वमन्त्री एवं सांसद राजेन्द्रकुमार केसी, कांग्रेस काठमाडौँका सभापति सबुज बानिँया, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, नेपाल महिला संघ काठमाडौंका सभापति विष्णुदेवी पुडासैनीलगायतको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्सपो’ शुरू ( फोटो फिचर )
असोज १८, २०८१ शुक्रबार
दशैंको आगमनसँगै विभिन्न शक्ति पीठहरू सजाइयो [ फोटो फिचर ]
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
प्रधानन्यायाधीशमा राउतको आज शपथ, सर्वोच्चमा स्वागत र विदाइको विशेष कार्यक्रम
असोज २०, २०८१ आइतबार
एक विदेशीसहित काभ्रेमा ७७ जनाको मृत्य, ७५ घाइते
असोज २०, २०८१ आइतबार
प्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
बाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार