बर्षात्ले सडक अवरुद्ध भएपछि हेलिकोप्टरको सहारा
नेपालबहस संवाददाता
भदौ १०, २०७८ बिहिबार २०:५२:४१
१० भदौ, तेह्रथुम । तेह्रथुमको सदरमुकाम जोड्ने म्याङलुङ–बसन्तपुर सडकखण्ड वर्षाका कारण हिलाम्मे भएपछि यातायात सञ्चालनमा समस्या भएको छ । सडकको अवस्था नाजुक भएपछि बिरामीलाई उपचारका लागि जिल्ला बाहिर लानुपर्दा महँगो भाडा तिरेर हेलिकोप्टर चार्टर्ड गर्नुपर्ने अवस्था छ ।
तेह्रथुमको प्रमुख सडक म्याङलुङ–बसन्तपुर सडकखण्ड हिलाम्य भएपछि अहिले जिल्लाबासी थप उपचारका लागि हेलिकोप्टर चार्टर्ड गर्न बाध्य भएका छन् । गत साता मात्रै मुटु र दम रोगबाट सिकिस्त भएका म्याङलुङ नगरपालिका ६ का ९५ वर्षीय नरप्रसाद लिम्बुलाई थप उपचारका लागि आफन्तले महंगो शुल्क तिरेर हेलिकप्टरबाट काठमाडौं लगेका छन् ।
सदरमुकाम जोड्ने सडक हिलाम्य भएपछि साना सवारी साधन सञ्चालन नहुँदा आफन्तलाई बचाउनका लागि भए पनि लाखौँ खर्च गरेर एयर एम्बुलेन्समा जिल्ला बाहिर लैजानुपर्ने बाध्यता रहेको बिरामीका आफन्त गणेश लिम्बुले बताए ।
लगातारको बर्षाले निर्माणाधीन बसन्तपुर म्याङलुङ सडकखण्ड हिलाम्य भएपछि पुनः जिल्लाबासीलाई यो सडकले सास्ती दिएको स्थानीयको गुनासो छ् । सडकको अवस्था बिग्रिएपछि यसअघि पनि कोभिड संक्रमित मालपोत कार्यालयका कर्मचारी ४२ वर्षीया रुकादेवी सुवेदीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
सडक सञ्चालनका लागि निर्माण व्यवसायीहरुले चासो नदिँदा बर्षाले सडक हिलाम्य भएपछि अहिले लसुनेदेखि म्याङलुङसम्म साना सवारी साधनहरु चल्न नसक्दा यात्रुहरु बीच बाटैमा अलपत्र हुने गरेको स्थानीय मिननाथ दाहालले बताए ।
१० सेन्टिमिटरको कालो पत्रे गरिने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वसन्तपुर–म्याङलुङखण्ड अन्तर्गत जिल्लाको सदरमुकाम म्याङलुङ जोड्ने उक्त सडक दुई लेनको स्तरमा कालोपत्रे गर्नका लागि अर्थ मन्त्रालयबाट दुई अर्ब सात करोड रकम विनियोजन भए पनि कामको गति सुस्ताएपछि जिल्लाबासीको सास्ती ज्यूँको त्यूँ छ ।
जिल्लाबासीहरु अहिले सडककै कारण बिरामीलाई जिल्लाबाहिर उपचारका लागि लैजान नसक्दा उपचार नपाएर मृत्युसमेत हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाका माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार
जेठ १३, २०८१ आइतबार
अज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार