महाकाली नदीमा बेपत्ता धामीको परिवारलाई सरकारले १० लाख उपलब्ध गराउने
नेपालबहस संवाददाता
भदौ १०, २०७८ शुक्रबार ०:२५:४१
१० भदौ, काठमाडौं । सरकारले दार्चुलास्थित महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सहयोग स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गत साउन १५ गते भारतीय सुरक्षा बल ‘एसएसबी’ले तुइन फुस्काउँदा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका–२ का धामीको परिवारलाई सरकारले आर्थिक सहायता स्वरुप १० लाख राहत दिने निर्णय गरेको हाे ।
बैठकले नेपाल कानून आयोगको अध्यक्षमा पूर्व न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्नुका साथै यसैगरी, राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्प रमन वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय समेत गरेकाे छ ।
त्यस्तै बैठकले कोभिड–१९ विरुद्धको सारकोभ –२ एमआरएनए खोप तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार