पहिरोले घर लगेपछि खुला चौरको बास
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार १४:४०:५५
११ भदौ, जाजरकोट । गत साउन १६ गते नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिरोले बगायो । उनको छ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ ।
त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिराेले पुरिदियो भने अर्को घर जोखिममा परेको छ । पाँच जनाको परिवार त्रिपाल टाँगेर खुलाचौरमा बसेको डाँगीले बताए । अहिलेसम्म कतैबाट राहत नपाएको उनले गुनासो गरे ।
पहिरो कारण बाँसकोटीका गोरख कामी, गोरख विक, प्रताप घर्ती, टकबहादुर पुन, ज्ञानबहादुर कामी, पानबहादुर थापालगायत एक दर्जन घर जोखिममा परेका छन् । गाउँ माथिबाट खसेको पहिरोले घरमा क्षति मात्र गरेन, पाखो तथा खेतमा लगाएको धान, मकै र फलफूलका बिरुवासमेत नष्ट गरेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन तथा अध्ययनबिना नै जथाभावी सडक खन्नुले पहिरोको जोखिम बढेको स्थानीयवासी भुवन केसीको भनाइ छ ।
कैना बाँसकोटी, कट्के, किटेनी, कालिमाटी घुवारा, औल सीमा कोठीगाउँ जोड्ने सडक जथाभावी खन्ने काम गर्दा पहिरोको जोखिम बढेको छ । विकासले उल्टै विनाश निम्त्याएको छ । नगरपालिकाले जथाभावी सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको छ । जिल्लामा स्थानीय तहले वातावरणीय प्रभाव मूल्याङ्कन तथा अध्ययनबिना नै जथाभावी डोजर लगाएर सडक निर्माण गर्दा सबैतिर बाढी पहिराेको जोखिम बढेको छ ।
जिल्लाका खलङ्गा पाँचकाटिया, कालिमाटी बारेकोट, छेडा थलह, थलह सानाखोला जुनीचाँदे, थलह बाटुल्ले टापुचौर, पाँचकाटिया पैक, पाँचकाटिया कुशे भार्मा, कालिमाटी कैना, कालिमाटी खन्टाकुरा सिर्केलगायत दर्जन बढी ग्रामीण सडकमा असार पहिलो सातादेखि यातायात सेवा अवरुद्ध छ ।
नलगाडबाट हतियारसहित तीन पक्राउ
नलगाड नगरपालिकाबाट एक साताभित्र हतियारसहित तीन व्यक्ति पक्राउ परेका छन् । गए राति नलगाड–१० कोटी सल्लाका ५६ वर्षीय मोहन विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको तेतृत्वमा खटिएको प्रहरीले विकलाई पक्राउ गरेको प्रनाउ थापाले जानकारी दिए । पन्ध्र थान गोलीसमेत फेला पारेको प्रहरीको भनाइ छ । चार दिनअघि मात्र नलगाड–८ मैदे र कुसेनीबाट दुई जनालाई पनि हतियारसहित पक्राउ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार