दार्चुलाका स्थानीय तहको लेखापरीक्षण दुई वर्षदेखि भएन
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार १४:४८:४४
११ भदौ, दार्चुला । दार्चुलाका नौवटै स्थानिय तहको दुई वर्षदेखि लेखापरीक्षण हुन सकेको छैन । महालेखापरीक्षकको कार्यालयको टोली लेखापरीक्षणका लागि दार्चुला नपुग्दा जिल्लाभरका स्थानीय तहको दुई वर्षसम्मको लेखापरीक्षण हुन नसकेको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए ।
९ वटै स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण बक्यौता रहेको महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदनले देखाएको छ ।लेखापरीक्षण ऐन २०७५ को दफा २० अनुसार स्थानीय तहको लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयबाट गराउनुपर्ने व्यवस्था छ ।
लेखापरीक्षणको लागत श्रेस्ता पेस नभएको तथा कोभिड-१९ को कारण स्थलगत लेखापरीक्षणमा असहज भएकाले दार्चुलाका ९ वटै स्थानीय तह सहित देशैभरका ५९ वटा स्थानीय तहको लेखापरीक्षण हुन बाँकी छ ।
कोरोना महामारीका कारण लगातार दुईवटा आर्थिक वर्ष २०७५र७६ र २०७६/७७ को लेखापरीक्षण गर्न बाँकी रहेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय भुर्तेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध, यात्रु सडकमै अलपत्र
पुष १५, २०८१ सोमबार
काठमाडौंको टुडिँखेलमा तमु ल्होसार (फोटो फिचर)
पुष १५, २०८१ सोमबार
फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
पुष १५, २०८१ सोमबार
वीरगन्जमा मालबाहक ट्रकबाट १६० केजी गाँजासहित दुई जना पक्राउ
पुष १५, २०८१ सोमबार