इनास अमेरिकाको केन्द्रिय अध्यक्षमा कन्हैया सिंह परियार बिजयी

नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार १८:५१:७

९ भदौ, भर्जिनियाँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ अन्तर्गतको ‘इनास अमेरिका’को केन्द्रिय अध्यक्षमा गायक तथा संगीतकार कन्हैया सिंह परियार सर्वसम्मतले चयन भएका छन् । इनास विश्वका ७० राष्ट्रहरुमा स्थापना भएको नेपाल बाहिर रहेका नेपाली कलाकरहरुको वृहत संस्था हो ।
अमेरिका भरी रहेको नेपाली कलाकारहरुको तेश्रो अधिवेशनले गायक तथा संगीतकार कन्हैया सिंह परियारलाई इनास अमेरिकाको अध्यक्ष पदमा चयन गरेको हो । इनास अमेरिकाको तेश्रो अधिवेशन भर्जिनियाको फेरफेक्सस्थित तन्दुरी पार्टी प्यालेसमा सम्पन्न भएको छ । अधिवेशनमा करीब ढेड सय नेपाली कलाकारहरुको सहभागिता थिए । सोही अधिवेशनले परियारलाई केन्द्रिय अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
इनास उत्तर अमेरिकाका संयोजक आनन्दु लामाको सभापतित्वमा रमेश मैनालीद्वारा सञ्चालन गरिएको कार्यक्रमले संगीतकर्मी परियारलाई उक्त जिम्मेवारी सुम्पिएको हो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अमेरिकाको केन्द्रिय कार्य समितिमा कन्हैया सिंह परियारको अध्यक्षतामा १७ सदस्य कार्य समिति गठन भएको छ ।
इनास अमेरिकाको बरिष्ट उपाध्यक्षमा गोपाल नेपाल फिस्टे, उपाध्यषमा अँकुश नेपाल, रिता श्रेष्ठ, महासचिबमा रमेश मैनाली, सचिबमा सन्त पोखरेल, कोषाध्यक्षमा राजन अधिकारी र सहकोषाध्यषमा गीता रेग्मी चयन भएका छन् । यस्तै केन्द्रिय सदस्यहरुमा दीपा अधिकारी, अमिता लामा, भरत बराईली, अनिल तिमिल्सिना, सुगन्ध श्रेष्ठ, नविन केसी, निशेष भट्टराई, प्रकाश नेपाल, उज्वल सिंह ठकुरी चयन भएका छन् ।
सो अधिवेशनबाट यसैगरी इनासको भर्जिनिया राज्य कार्य समितिमा राहुल केसीको अधक्ष्यतामा २० सदस्य कार्य समितिको गठन भएको छ । उता मेरिलेण्ड राज्य कार्य समितिमा सृजन ताम्राकारको अध्यक्षतामा ३३ सदस्य कार्य समिति गठन भएको छ । इनास अमेरिका पेन्सलभेनिया राज्य कार्य समितिमा विकाश घले गुरुङको अध्यक्षतामा ९ सदस्य कार्य समितिको गठन भएको छ ।
त्यसैगरी केन्टकी राज्यको कार्य समितिमा अर्जुन थापाको अध्यक्षतामा २८ सदस्यीय कार्य समिति लगायतको गठन भएको छ । समारोहमा नयाँ कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराएर जिम्मेवारी सुम्पिइएको थियो । उक्त कार्यक्रम इनास ग्लोबलका उपाध्यक्ष साबु गदाल कार्कीको प्रमुख आतिथ्य सम्पन्न भएको हो ।
कार्यक्रममा विशेष अथितीको रुपमा बानाका निवर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्त, निवर्तमान नेपाल प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल, इनास ग्लोबलका सचिव हरी शर्मा रहेका थिए । समारोहमा उनीहरु सहित अभिनेत्री अरुणिमा लम्साल, अभिनेता मुकेश ढकाल, चरित्र अभिनेता राजु बजाज, गायक मधु क्षत्री, गायक वसन्त खड्का लगायतले यो कार्यसमितिलाई शुभकामना दिए ।
सो अधिवेशनमा इनास अमेरिकाले साहित्यतर्फ कवयित्री तारा पराजुली, पत्रकार सतिश चापागाईं, खेलतर्फ तेक्वान्दो सातौं राजकुमार थापा, कृष्ण बलाल, मिस नेपाल नर्थ अमेरिका–२०२१ मा मिस पपुलर च्वाइस अवार्ड विजेता नग्मा गुरुङ, सामाजिक अभियन्ता सुवोध पन्त, चलचित्र निर्देशक केपी पाठक, कलाकार शिवहरी पौडेल तथा एनआरएनका पूर्व खेलकुद संयोजक चन्द्र लामालाईसम्मान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प
फागुन ८, २०८१ बिहिबार
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
फागुन ७, २०८१ बुधबार
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
हात्तीवन क्षेत्रमा हिजो साँझबाट लागेको डढेलो नियन्त्रणको प्रयास गर्दै: फोटोफिचर
फागुन ८, २०८१ बिहिबार
नेपालमा पहिलो पटक विद्यालयस्तरीय ह्याकाथुन प्रतियोगिता सम्पन्न
फागुन ८, २०८१ बिहिबार
जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार