डोटीका ४७२ परिवारलाई धुवाँरहित चुलो वितरण
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार १९:५९:१०
११ भदौ, डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकबासीले चुलोमा खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन् । मानवीय सेवामा अनेकौँ प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्थाले उक्त वडामा चार सय ७२ परिवारलाई धुवाँरहित फलामे चुलो वितरण गरेपछि धुवाँको समस्या हटेको हो ।
उक्त संस्थाको रु ८५ लाखको आर्थिक सहयोगमा वडाबासीलाई धुवाँरहित चुलो वितरण गरेको थियो । धुवाँले फोक्सो, निमोनिया र आँखाका समस्या समाधान हुने बताइएको छ । ती समस्याबाट जोगिन र दाउराको खपत समेत कम गर्न चुलो वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए ।
वडाध्यक्ष योगेन्द्र ठकुल्लाले भने, “धुवाँ आउने चुलोले बालबालिकासहित घरका परिवारलाई निकै सास्ती थियो, अहिले धुवाँरहित चुलो आएपछि वडावासीलाई धुवाँको समस्याबाट मुक्ति मिलेको छ ।” जिल्लामा निःशुल्क रुपमा धुवाँरहित चुलो वितरण गर्ने उक्त संस्था पहिलो हो । नागरिकका स्वास्थ्यमा सुधार हुने तथा समाज स्वच्छ हुनाका साथै वातावरणमा समेत सुधार हुने अपेक्षा लिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए । निकट भविष्यमा पालिकाका सबै वडामा चुलो वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार