कैलालीमा बाढीको वितण्डा : सयभन्दा बढी घर प्रभावित, एक जनाको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार २०:२८:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/badhikailali123_qcOqoYxu2v.jpg)
११ भदौ, धनगढी । बिहीबार राती परेको बर्षाका कारण कैलालीका विभिन्न क्षेत्रमा आएको बाढीले जनजीवन कष्टकर बनाएको छ । कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बाढीका कारण लम्कीचुहा नगरपालिका–६ कि ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको छ । गुलरा नदीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए । बाढीमा परेका दुईजनाको भने उद्धार गरिएको छ ।
प्रहरीका अनुसार कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने दाजुबहिनी राजाराम सापकोटा र आरती सापकोटा घाँस काट्न गएको बेला शिवगंगा नदी र झिलखोलाकोबीच भागमा फसेका थिए । उनीहरुको मध्यराति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल गरि करिब ५० जनाको टोलीले उद्धार गरेको सूचना अधिकारी जोशीले बताए ।
बाढीले जिल्लामा एक घर बगाएको छ भने सय बढी घरमा पानी पसेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा बाढी आउँदा कैलाली–कञ्चनपुर जोड्ने स्काइ फोल्डिङ पुल, दुर्गा मन्दिरस्थित गणेशदत्त पाण्डेको इँटाले बनेको टिनले छाएको एक कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय बगाएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका ३ र कञ्चनपुरको बाइसेविचुवा जोड्ने मोहना नदीमा निर्माणाधीन पक्कीपुलको दुवै किनारमा भरान गरिएको माटो बगाउँदा आवागमन ठप्प भएको छ । पथरैया नदीमा आएको बाढी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जानकी गाउँपालिका वडा नम्बर ४ र ७ मा पथरैया नदी बस्तीमा पसेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए ।
‘जानकी गाउँपालिका वडा नम्बर ४ का ८० घर र वडा नम्बर ७ का ५८ घरमा पानी पसेको छ’, उनले भने, ‘सशस्त्र प्रहरीको टोली त्यहाँ उद्धारको लागि खटिएको छ ।’
यस्तै कर्णाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ । चुरे क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए ।
यस्तै कैलारी गाउँपालिका वठा नम्बर ७ छटकपुर बसन्ता गाउँमा कटैनी नदिमा आएको बाढी पसेको छ । नदिमा आएको बाढी ३० भन्दा बढी घरमा पसेको स्थानीय जीया चौधरीले जानकारी दिए । यस्तै कटैनी नदिको बाढी वडा नम्बर ७ अन्तर्गत बर्का बसन्ता, भुँइयाँफाँटा र रामपुर गाउँमा पनि पानी पसेको स्थानीयले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार