काेराेना कहरमा बैंक तथा वित्तीय संस्थालाई ब्याज छुट तथा सहुलियत कर्जाका दिन आग्रह
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार २३:१५:९
११ भाद्र, काठमाडौं । कारोना कहरको समयमा दमक उद्योग वाणिज्य सङ्घले कोरोना महामारीका समयमा बैंक लगायतका वित्तीय संस्थाले लिँदै आएको व्याजदर छुट दिन माग गरेको छ । सङ्घको सभाकक्षमा सम्पन्न सरोकार पक्षसँगका छलफलमा सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले केही दिनअघि व्यवसायले बुझाएको ज्ञापनपत्रको मागअनुसार सङ्घले स्थानीय सरकार, सङ्घको माथिल्लो निकायसम्म व्याज छुटका बारेमा छलफल थालिएको बताए ।
उनले लामो समयसम्म कोभिडका कारण व्यापार, व्यवसाय ठप्प रहेको अवस्थामा बैंकलेसमेत त्यस अवधिको ब्याजमा छुट दिनुपर्ने तथा सहुलियतकर्जाका लागिसमेत सहजीकरण गरिदिनुपर्ने धारणा राखे । सङ्घकी सङ्घसंस्था समन्वय उपसमितिकी संयोजक लक्की सिटौलाले ब्याज छुटसहित सहुलियतकर्जाका विषयमा बैंर्कससँग छलफल गरिएकोे बताए ।
सङ्घका पूर्वअध्यक्ष प्रकाश प्रसाईंले कोभिड महामारीका समयमा बैंकलगायतका वित्तीय संस्थाले व्यवसायीसँग कर्जाको ब्याजमा छुट दिनुपर्ने र पहिलेकै धितोमा थप केही प्रतिशत ऋण दिने वातावरण सिर्जना गर्नुपर्ने माग गरे ।
व्यवसायीद्वय विमल शर्मा र सन्दिप चापागाईंले बैंकको शाखाबाट केही गर्न नमिल्ने भए पनि आफ्नो माथिल्लो निकायमा समन्वय गरेर केही न केही सहज हुनेखाले कार्यक्रम ल्याउन आग्रह गरे ।
बैंकर्स एशोसिएसन दमकका अध्यक्ष राजन बस्नेतले बैंकको शाखाबाट केही गर्न नसकिने बताए । उनले भने, “व्यवसायीले उठाएका व्याज छुटका विषयमा भने गम्भीर भएर माथिल्लो निकायमा पहल गर्ने छौँ ।” उक्त कार्यक्रममा दमकमा रहेका विभिन्न बैंकका शाखा प्रमुख, बैंकका प्रतिनिधि, सङ्घका सदस्य, व्यापारीलगायतको उपस्थिति थियो । संयोजक सिटौलाका अनुसार व्याजदरमा छुट तथा सहुलियत कर्जाका बारेमा बैंकसँगै सहकारी सङ्घसंस्थासँग समेत छलफल गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार