बक्सिङ संघमा देखिएको विवाद चाँडै समाधान गर्ने : राखेप
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शनिबार ०:१२:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/rakhep-1-e1630068115767_Qo4FsL8T1y.jpg)
११ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’का सदस्यसचिव रमेशकुमार सिलवालले बक्सिङ संघमा देखिएको विवाद चाँडै समाधान गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसरमा आयोजित खेल पत्रकारहरुलाई बक्सिङ खेलबारे प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव सिलवालले बक्सिङ संघमा देखिएको विवाद चाँडै समाधान गर्ने जानकारी दिएका हुन् ।
अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च अन्तर्गत एनएसजेएफ एकेडेमी र काठमाडौं जिल्ला बक्सिङ संघद्वारा शुक्रबार काठमाडौंमा खेल पत्रकारहरुलाई बक्सिङ खेलबारे प्रशिक्षण दिइएको छ ।
एकेडेमी र संघले संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ४६ जना खेल पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागीलाई प्रशिक्षक अनुप लामाले बक्सिङ खेलको सैद्धान्तिक र प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए ।
हरेक वर्ष २७ अगष्टमा विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाइँदै आएको छ । सोहीक्रममा नेपालमा पनि बक्सिङसँग सम्बद्ध विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरी बक्सिङ दिवस मनाइरहेका छन् ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि रहेका राखेपका सदस्यसचिव सिलवालले यस्ता कार्यक्रम खेलकुद विकासमा सहयोगी हुने विश्वास व्यक्त गरे । काठमाडौं जिल्ला बक्सिङ संघका अध्यक्ष दिनक लाल श्रेष्ठले बक्सिङ दिवसको अवसरमा एनएसजेफ एकेडेमीसँग मिलेर कार्यक्रम गर्न पाउनु खुशीको क्षण भएको बताए ।
नेपाल खेलकुदपत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ ले पत्रकारहरुलाई बक्सिङ खेलको प्राविधिक पक्षमा प्रशिक्षणले अब्बल बनाउने अपेक्षा गर्दै यसबाट आगामी दिनमा बक्सिङको समाचार संकलन तथा लेखनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले बक्सिङ नेपालमा पदकको सम्भावना बोकेको खेल भएकोले यसको विकासमा ध्यानदिन सरोकारवाला सबै पक्षको ध्यानाकर्षण गराए ।
यसैगरी एनएसजेएफ एकेडेमीका संयोजक निरञ्जन अधिकारीले पत्रकारहरुलाई विभिन्न खेलको प्राविधिक पक्षबारे जानकारी गराउने उद्देश्यमा ‘नो योर गेम’ शृंखला सुरु गरिएको जनाकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
फागुन ६, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार