पहिरो पन्छाएपछि मुग्लिन सडक सञ्चालनमा, नारायणीले खतराको तह नाघ्यो
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शनिबार ०:२२:१८
११ भदौ, चितवन । बिहीवारदेखि परेको अविरल वर्षाले पहिरो आएर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
बिहीवार साँझ सेती दोभानमा पहिरो जाँदा अबरुद्ध भएको राजमार्ग शुक्रवार दिउँसोबाट सञ्चालनमा आएको हो । शुक्रबार पनि दिनभरी वर्षा हुँदा सो सडकखण्डमा सडक भासिएको छ ।
चौधकिलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध भएको छैन । सो क्षेत्रमा सडक फराकिलो भएकाले दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
चौधकिलोमा ३८ मिटर लामो भाग भासिएको छ । बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको खनालले जानकारी दिए । ‘दुई मिटर गहिराइसम्म सडक भासिएको छ,’ खनालले भने, ‘सो ठाउँमा सडक १३(१४ मिटर फराकिलो भएकाले चार मिटर भासिएर सडक रोकिँदैन ।’ भासिएको क्षेत्र बाहेकमा दुईतर्फी सवारी सञ्चालन भइरहेको उनको भनाइ छ ।
सडक भासिएपछि केही समय यतायात अवरुद्ध भएको थियो, पछि सन्चालनमा आएको छ । सडक भासिएको ठाउँबाट करिब २० मिटर तल त्रिशूली नदी छ । नदीको कटानले सडक भासिएको अनुमान गरिएको छ । नदीको सतह घटेपछि तलबाट मर्मत थालिने खनालले जानकारी दिए ।
सडक भासिएको ठाउँमा पर्खाल लगाएर सडक सुरक्षित गर्ने तयारी गरिएको छ । सोही सडकको सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालनमा छ । नियमित वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम भने कायमै छ ।
दिउँसो केही ठाउमा पहिरो खस्ने र एक आधा घण्टा रोकिए पनि अहिले सडकमा अवरोध नभएको उनले जानकरी दिए । ‘पानी नपरेको अवस्थामा पहिरो नझरे सडक रोकिँदैन,’ उनले भने ।
यसैबिच निरन्तरको वर्षाले नारायणी नदीमा बाढीले खतराको तह नाघेको छ । खतराको तह पार गरेकाले सर्तक रहन प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई अपिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार