बरमझियाको पेडा पसलजस्तै फोरमकै नामले अनेकन पार्टी गठन भएः उपेन्द्र यादव
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शनिबार २:०:१३
११ भदौ, धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार र विभेदपूर्ण व्यवहारको कारण मुलुकको विकास हुन नसकेको बताएका छन् ।
जसपाले शुक्रवार जनकपुधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै सधै शासनसत्ता बस्नेले आर्थिक अनियमितता गर्ने र सत्तामा मधेशी, थारु, मुस्लिम, दलित, आदवासी जनजातिसँग विभेदपूर्ण मानसिकताको कारण मुलुकको विकास हुन नसकेको बताए । जलश्रोत, पर्यटनलगायत क्षेत्रलाई प्रबर्द्धन गर्ने सकेको खण्डमा देश आर्थिक सम्वृद्धिको बाटोमा छिट्टै पुग्ने अध्यक्ष यादवले दावी गरे ।
“आफ्नै देशमा मधेसीलाई बिहारी भनेर हेप्ने गरिन्छ, उनले भने, ‘तर हेप्नेहरुलाई यो थाहा छैन कि नेपालभन्दा मधेसको इतिहास पुरानो छ र सांस्कृतिक रुपमा अब्बल छ ।”
विगतमा समाजवादी शब्द सुन्न नचाहनेहरु अहिले धमाधम समाजवादी शब्द राखेर पार्टी दर्ता गराई रहेको उनले टिप्पणी गरे । “सुरुमा आफूले मधेशी जनअधिकार फोरम गठन गर्दा विभिन्न व्यक्तिले टिकाटिप्पणी गरे,” अध्यक्ष यादवले भने, ‘तर पछि सप्तरी बरमझियाको पेडा पसलजस्तै फोरमकै नामले अनेकन पार्टीको गठन भयो । अहिले ती पार्टीहरु बिलिन नै भइसकेका छन् ।’
पार्टीको नाम आफूले परिवर्तन गरे पनि मधेस मुद्दा नछाडेको दावी गर्दै अध्यक्ष यादवले भने, ‘मैले मधेश मुद्दा छोडेको छैन, बरु मधेस मुद्दालाई बलियो बनाउन, शक्ति प्रदान गर्न आदिवासी, जनजाति, मुस्लिम, दलित लगायतका मुद्दालाई सँगै लिएर अगाडि बढिरहेको छु ।’
कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राई, नेता महेन्द्र राय यादव, रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य लालबाबु राउत लगायतको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार