मध्य नेपाल सन्देशको पाँचौं बार्षिक उत्सव सम्पन्न
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शनिबार ३:४४:१२
११ पर्सा, भदौ । मध्य नेपाल मिडिया प्रा.लि.द्धारा संचालित मध्य नेपाल पत्रिकाको पाँचौ वार्षिक उत्सव समपन्न भएको छ । महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपाल सन्देश पत्रिकाका पाँचौ बार्षिक उत्सव समपन्न भएको हो । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शुक्रबार भएको कार्यक्रममा ‘पत्रकारिता क्षेत्रमा महिलाहरुको अवसर र चुनौतीको’ विषयमा अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रदेश २ मा सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन कार्ययोजना बनाउने काम भईरहेको बताएका छन् । आर्थिक भारबाट बन्द हुने स्थानीय अबल पत्रिकालाई प्रथमिकतामा राखी अगाडी बढाउने बताए ।
उनले पहुँचको आधारमा बिज्ञापन दिने कामलाई समेत निरुत्साहित गरिने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री साहले सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन मन्त्रालय गम्भिर रहेको भन्दै सञ्चार संस्थालाई बर्गाीकरण गरेर त्यसकै आधारमा लोककल्याणकारी बिज्ञापन उपलब्ध हुने प्रतिवद्धता जनाएका छन् ।
प्रदेश २ मा घुम्टो प्रथा, बोक्सी प्रथा जस्ता विकृतिहरुले पनि महिलाहरुलाई मुलधारमा ल्याउनबाट वञ्चित गराएको हुँदा सञ्चारमाध्यममार्फत समाजमा विद्यमान विकृतिहरुबारे नागरिकलाई जागरुप बनाउनुपर्नेमा उनले जोड दिए । राज्यको चौथो अंग पत्रकारिताबाट समाजको रुपान्तरण गर्ने चेष्टाका साथै उत्पिडीत जनताका आवाजहरुलाई राज्यको निकायमा पु¥याउने कार्यको उनले प्रशंसा गरे ।
कार्यक्रममा पाको उमेरमा पनी जिल्ला मै सबैभन्दा बढी न्याय सम्पादन गररेकी उपमेयर शान्ति कार्की, महिला स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने प्रभु हस्पिटलकी संचालक डा. लक्ष्मी थापा यसैगरी पत्रिकामा समाचार, लेख रचना लगायतका सामग्री उत्पादन गर्ने उत्कृष्ट दुई महिला पत्रकार शोभा धमला र सबनम भट्टराईलाई सम्मान गरिएको थियो ।
यस्तै, कोरोना कालमा फ्रन्टलाईनमा खटेर जनतालाई सुशुचित गर्ने एम्बुलेन्स चालकदय मुमताज मियाँ र रामनेरश यादवलाई सम्मान गरिएको थियो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी बल पर्साका एसपी राजेन्द्र खड्का, नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, नेकपा माओवादी केन्द्र प्रदेश नं. २ का प्रदेश सदस्य छोटेलाल प्रसाद यादव, प्रदेश सांसद भिमा यादव, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का महासचिव श्याम बन्जारा, जिल्ला अध्यक्ष अनुप तिवारी, उधोग वाणिज्य संघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, पुर्व अध्यक्ष अशोक बैध, नेपाल रेडक्रस सोसाईटिका उपाध्यक्ष मधु राणा, समाजसेवी पशुपति विक्राम शाह, उषा शाह लगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार