इंग्लिस प्रिमियर लिगमा आज ७ खेल हुँदै, खेल निकै रोमाञ्चक हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ १२, २०७८ शनिबार २०:२८:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/premier-league_t4Jo66IsqR.jpg)
१२ भदौ, म्यानचेस्टर, लण्डन । इंग्लिस प्रिमियर लिगमा आज ७ खेल आयोजना हुँदैछन । तेस्रो राउन्ड अन्तर्गत शनिबार साँझ प्रिमियर लिगका ७ खेल हुन लागेका हुन् । तेस्रो चरणमा निकै प्रतिस्पर्धात्मक खेल रहेको छ ।
पहिलो खेलमा साबिक विजेता म्यान्चेस्टर सिटी र लण्डन क्लब आर्सनल प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुनेछ ।
आर्सनलविरुद्ध घरेलु टोली लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । पहिलो खेलमा टोटनहमसँग पराजित सिटीले दोस्रो खेलमा नर्विचबिरुद्ध सानदार जित निकालेको थियो ।
यता, भ्रमण टोली आर्सनल सिटीविरुद्ध निकै दबाबमा हुनेछ । लगातार दुई खेलमा पराजित आर्सनल सिटीबिरुद्ध अंक गुमाउन चाहँदैन ।पहिलो खेलमा नव प्रवेशी क्लब ब्रेन्टफोर्डसङ पराजित आर्सनल दोस्रो खेलमा छिमेकी चेल्सीसँग पराजित भएको थियो ।
राती पौने ८ बजे हुने प्रिमियर लिगको खेलमा एकैपटक ५ खेल हुनेछ । १० क्लबले आ-आफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नेछन् ।
एस्टन भिल्लाले भिल्ला पार्कमा ब्रेन्टफोर्डसङ खेल्नेछ । ब्राइटनले आफ्नै कम्युनिटी मैदानमा एभर्टनलाई आतिथ्यता प्रदान गर्नेछ । घरेलु टोली न्युक्यासलले जेम्स पार्कमा साउथ ह्याम्पटनलाई निमन्त्रणा गर्नेछ । नर्विचले लेस्टर सिटी सङ भिड्दा वेस्ट हाम युनाइटेडले लण्डनमा क्रिस्टल प्यालेसको सामना गर्नेछ ।
तेस्रो चरणको पहिलो दिनको अन्तिम खेलमा लिभरपुरले चेल्सीको सामना गर्नेछ । लिभरपुल घरेलु मैदान एनफिल्डमा हुने खेल नेपाली समय अनुसार सवा १० बजे सुरु हुनेछ । खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । दुबै टोलीले यस अघिका आफ्ना दुई खेलमा शत प्रतिशत जित निकालेका छन् ।
दुबै टोलीलाई जित निकाल्दै शीर्ष स्थानमा पुग्ने मौकासमेत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली फूटबल हेर्न रंगशाला जाने
फागुन ३, २०८१ शनिबार
अन्तराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौंमा
माघ ३०, २०८१ बुधबार
अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार