विश्वमा आजः चार्ल्स र डायनाको सम्बन्धविच्छेददेखि मार्टिन लुथरको ऐतिहासिक भाषणसम्म
नेपालबहस संवाददाता
भदौ १२, २०७८ शनिबार २१:२०:१३
१२ भदौ, काठमाडौं । आज २८ अगस्ट । आजको तिथिमा संसारमा महत्वपूर्ण घटना भएका थिए । प्रस्तुत छ, विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः
डा. मार्टिन लुथरको ऐतिहासिक भाषण
२८ अगस्ट सन् १९६३ मा अमेरिकी नागरिक अधिकार आन्दोलनका अगुवा डा. मार्टिन लूथर किङले एउटा ऐतिहासिक भाषण गरेका थिए । मानवअधिकार र राजनीतिक अधिकार समूहले वासिंगटनमा आयोजना गरेको र्यालीमा लिंकन स्मारक अगाडि उनले ऐतिहासिक भाषण गरेका थिए ।
अफ्रिकी मुलका अमेरिकीलाई रोजगारी र समानताको माग गर्दै भेला भएका २ लाख मानिस अगाडि उनले भाषण गरेका थिए । उनको ड्रिम स्पिच अमेरिकी नागरिक अधिकार आन्दोलनको प्रतिबिम्ब बनेको थियो । उनको भाषणलाई इतिहासमा अहिलेसम्मकै सम्मानित भाषण मानिन्छ ।
अश्वेत किशोरको हत्या
अमेरिकाकी एक श्वेत युवतीसँग प्रेम गरेको आरोपमा सन् १९५५ को २८ अगस्टमा गोराहरुले १४ वर्षका अश्वेत किशोर इमेटटिलको निर्मम हत्या गरेको थियो । अमेरिकामा गोराहरुले अश्वेतमाथि चरम विभेद गरिरहेकै बेला सो बिभत्स हमला भएको थियो । शिकागोका टिल हत्या हुनु एक दिनअगाडि मिसीसिपी पुगेका थिए । अपहरणपछि हत्या गरिएका उनको शव नदीमा फालिएको थियो ।
टोयटा मोर्टस स्थापना
आजकै दिन सन् १९३७ को २८ अगस्टमा टोयटा मोटर कर्पोरेशन स्थापना भएको थियो । सुरुमा कर्पोरेशनको नेतृत्व टोयटाका संस्थापक सकिची तोयोदाका छोरा किचिरो तोयदाले गरेका थिए । जापानको बहुराष्ट्रिय निर्माता टोयटा मोटर कर्पोरेशनको प्रधानकार्यलय जापानको टोकियोमा छ । कर्पोरेशनले बर्षेनी १ करोड भन्दा गाडी उत्पादन गर्छ ।
अमेरिकाको पहिलो साइन्स म्यागेजिन
विज्ञानको क्षेत्रमा भएका प्रगति र अवस्थाबारे जानकारी दिने उदेश्यले सन् १८४५ को २८ अगस्टदेखि अमेरिकामा पहिलो पटक साइन्स म्यागेजिन साईन्टिफिक अमेरिकन प्रकाशन भयो । यो म्यागेजिन अहिले पनि निरन्तर प्रकाशन भइरहेको छ ।
चार्ल्स र डायनाको सम्बन्ध विच्छेद
बेलायतका राजकुमार चार्ल्स र राजकुमारी डायनाको सम्बन्ध विच्छेद २८ अगस्त १९९६ मा भएको थियो । राजकुमार चार्ल्स परस्त्रीसँग प्रेम सम्बन्धमा रहेको तथ्य बाहिर आएपछि दुई सन्तानकी आमा डायना अलग भइन । शाही दरवारले नै उनीहरूको सम्बन्ध विच्छेद गरायो । सम्बन्ध विच्छेदको एक वर्षपछि कार दुर्घटनामा ३६ वर्षीया राजकुमारी डायनाको निधन भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार