चुलो खरिदमा अनियमितता: १७ सयको चुल्लोलाई १० हजारको नक्कली बिल
नेपालबहस संवाददाता
भदौ १२, २०७८ शनिबार २१:३८:३
♦हेमन्त केसी
१२ भदौ, जाजरकोट । ‘पूर्ण जातीय छुवाछुतमुक्त अभियान’अन्तर्गत भेरी नगरपालिका–११ कटी गाउँस्थित दलित बस्तीमा वितरण गरिएका धुवाँरहित चुलो खरिदमा अनियमितता भएको बताइएको छ ।
कमसल खालका चुलो वितरण गरेर बढी बिल पेश गरी अनियमितता गरेको स्थानीयबासीको गुनासो छ । धुवाँरहित आधुनिक फलामे चुलो वितरण गर्ने भनि सम्झौता गरिएपनि टिनको कमसल खालको चुलो वितरण गरिएको स्थानीयबासी दलबहादुर कामीले बताए ।
उनले आफूले लिएको चुलो एक दिन मात्र प्रयोग गरेर थन्क्याएको उल्लेख गर्दै टिनको चुलो भएकाले बाल्नेबित्तिकै निकै तातिने र वल्डिङ गरेको ठाँउबाट टुट्ने समस्या भएपछि चुलो प्रयोग गर्न छोडेको बताए । उनले चौरजहारीमा एक हजार ७०० पर्ने चुलोलाई सुर्खेतबाट १० हजारमा ल्याएको नक्कली बिल पेश गरेर आफूहरुलाई ठगी गरेको आरोप लगाए ।
नगरपालिकाले चुलो खरिद र वितरणका लागि कटिगाउँ कृषक समूहसँग सम्झौता गरी जिम्मा दिएको थियो । समूहमा नरबहादुर ऐर कामी अध्यक्ष, वीरमान वर कामी सचिव र मित्रकली वर कामी कोषाध्यक्ष छन् । तर चुलो कति रकममा खरिद गरियो भन्ने कुरा समितिका पदाधिकारीसमेत अनभिज्ञ छन् । समितिका अध्यक्ष नरबहादुरले आफूलाई फसाइएको बताए ।
“सस्तोमा खरिद गरेर समितिका पदाधिकारीलाई समेत गुमराहमा राखेर लाटासोझा मान्छेलाई ठग्ने कार्य भयो । यसमा मेरो पनि चित्त बुझेको छैन”, उनले भने । उनका अनुसार कोषाध्यक्षका श्रीमान अमृत वर कामीले नै १३८ चुलो खरिद गरेर ल्याएका हुन् । विश्वासका आधारमा खाली चेकमा हस्ताक्षर गरेर आफूहरुले अमृतलाई दिएको र उनैले सुर्खेतबाट चुलो किनेर ल्याएका हुन् ।
अध्यक्ष नरबहादुरले नगरपालिकाबाट रु १३ लाख ५६ हजार निकासा भएकोमा सम्झौताअनुसार अनुगमन र केही चुलो खरिदका लागि रु दुई लाख ५० हजार नगरपालिकालाई दिएको बताए । त्यस रकमबाट २० वटा चुलो किनेर उपलब्ध गराएको उनले भनाई छ । नगरले उपलब्ध गराएका चुलो राम्रो भएको तर समितिले खरिद गरेका चुलो निकै कमसल भएको उनको भनाइ छ । नगरपालिकाले दिएका चुलो राम्रो भएको र समितिले दिएको चुलो कमसल भएपछि गाउँमा विरोध भएको अध्यक्ष नरबहादुरले स्वीकार गरे ।
नगरपालिकाले दिएका २० चुलो राम्रो भएपछि खोसाखोस परेको थियो । जसले सक्यो उसैले लियो । पछि जानेले कमसल चुलो पाए स्थानीयवासीको भनाइ छ । कोषाध्यक्षका श्रीमान अमृतले विपन्नलाई चुलो कार्यक्रमका लागि आफूले पहल गरेको तर खरिदमा आफ्नो संलग्नता नभएको दाबी गरे । “चुलो खरिद कहाँबाट भयो कसरी भयो मलाई केही जानकारी छैन”, उनले भने । भेरी नगरपालिका–११ का वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्यले पनि चुलो राम्रो नआएको भन्दै स्थानीयवासीले गुनासो गरिरहेको बताए ।
समितिका अनुसार नगरपालिकालाई चुलो खरिद र अनुगमनका लागि दिएको रु दुई लाख ५० हजार कटाएर बचेको रकमबाट १३८ चुलो रारा इञ्जिनीयर वर्कसप कम्पनी सुर्खेतबाट खरिद गरिएको थियो । एउटा चुलोको कम्तीमा आठ हजार बढी नै परेको देखिन्छ । जुन बजार मूल्यकोभन्दा निकै बढी हो । समितिका अध्यक्ष नरबहादुरले चित्त नबुझेर कम्पनीका धनबहादुर बुढालाई सम्पर्क गर्दा म के भनौँ साथीहरु उतै कुरा मिलाउहोस् भनेको बताए ।
नगरपालिकाबाट पूर्ण जातीय छुवाछुतमुक्त अभियानअन्तर्गतको रु १४ लाख ७५ हजार रकम आर्थिक वर्षको अन्त्यमा आएको हुँदा यसलाई फ्रिज गर्नुभन्दा दलित बस्तीमा चुलो वितरण गरौँ भन्ने असल मनसायले कटिगाउँमा रहेको कटिगाउँ कृषक समूहका नाममा गत असार ११ गते सम्झौता गरी रकम निकासा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिश शाहले बताए ।
उनले रकमसमेत समूहका नाममा निकासा दिइएको र खरिदसमेत उनीहरुले नै गरेकाले यसमा नगरपालिकाको संलग्नता नरहेको बताए । गुनासो आएकाले यस सम्बन्धमा के भएको हो आवश्यक छानविन गर्न सकिने उनको भनाई छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
हुम्लामा लगातार हिमपात, सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित
पुष १४, २०८१ आइतबार
झारपातले कुरूप बन्दै राराताल
पुष १४, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार