तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
भदौ १३, २०७८ आइतबार १६:५१:११
वि.सं.२०७८ साल भदौ १३ गते । आईतबार । ईश्वी सन् २०२१ अगष्ट २९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–सप्तमी, बेलुकी १० बजेर १२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– कृतिका, अहोरात्र । योग– ध्रुव, बिहान ०८ बजेर १७ मिनेट उप्रान्त व्याघात । करण– भद्रा, बिहान ०९ बजेर १३ मिनेट उप्रान्त बव, बेलुकी १० बजेर १२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मेष,बिहान १० बजेर ४२ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २७ मिनेट । दिनमान ३१ घडी ५२ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ): मिठो बोल्दा पनि बिपक्षीहरुले गलत अर्थ लगाई तपाईको साख गिराउन खोज्नेछन् । प्रलोभनमा पारेर आफ्नै हरुले रुपैपा पैसा लान सक्छन् ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि थोरै हुनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुन सक्छ ध्यान दिनुहोला । कुटुम्ब तथा आफन्तसँग कुनै पनि काम गर्दा ध्यान दिनुहोला पछि आर्थिक कुरामा राय बाजिने तथा मनमुटाब सिर्जना हुन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउनेछ भने आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले सर्बसाधारणबाट भनेजस्तो समर्थन पाउन सन्तुलित व्यावहार गर्नुपर्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): सामान्य काममा अल्झने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधी उपचार खर्च बढेर जानेछ । व्यापार व्यावासायमा मन्दी आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । तरपनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): व्यापार व्यावासाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राबिधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगती गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पती प्रयोग गर्न पाईनेछ । नविन विचारको प्रयोग मार्फत व्यावसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): समयमा घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तरपनि नाँफामुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । धर्म सस्कृती तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईती बीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्नी बीच दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरिको धार्मिक यात्रा हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): व्यावसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरुलाई सल्टाउने समय रहेकोछ । सत्रुले दुख दिन खोजे पनि अन्तत उनिहरुलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । बिवाद तथा न्यायिक निर्णयहरुबाट हुने सुनुवाई तपाईंकै पक्षमा हुने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा): बिहानको समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमूखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्ययम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सुधार भएर जानेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । टाडाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडी बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पती लाभ हुनेछ । नयाँ कामको प्रश्ताब आउनेछ भने सहयोगीहरुले साथ दिदा कामहरु समयमा नै सम्पन्न हुनेछन् ।तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार