१८ जीवन बीमा कम्पनीको दावी भुक्तानी ६७ प्रतिशतले वृद्धि, कुनको कति ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
भदौ १३, २०७८ आइतबार १७:४८:६
![](https://nepalbahas.prixacdn.net/media/albums/insurence-18_V9SCjZLDmk.jpg)
१३ भाद्र, काठमाडौं । नेपालमा रहेका १९ मध्य १८ जीवन बीमा कम्पनीहरुको दावी भुक्तानी ६७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार १८ जीवन बीमा कम्पनीको दाबी भुक्तानी ३५ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ भन्दा बढी पुगेको हो ।
राष्ट्रिय बीमा संस्थान बाहेक अन्य १८ वटा जीवन कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार आ.व. ०७७/७८ मा ३५ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बीमितलाई दाबी भुक्तानी गरिएको छ । यो आँकडामा अग्रिम भुक्तानी, पूर्णावधि भुक्तानी, समर्पण दाबी, मृत्यु दाबीसमेतको रकम समावेश गरिएको छ ।
सबैभन्दा बढी दाबी भुक्तानी गर्ने कम्पनी
सबैभन्दा बढी दाबी भुक्तानी दिने कम्पनी हो नेपाल लाईफ । नेपाल लाईफबाट बीमितले गत आ.व.मा ९ अर्ब ७१ करोड ९५ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । नेपाल लाईफको दाबी भुक्तानी ४५.६० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आ.व. ७६.७७ मा बीमितलाई नेपाल लाईफले कूल ६ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
दोस्रो सर्वाधिक दाबी भुक्तानी गरेको एलआइसी नेपालले ७ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आ.व.मा एलआइसी नेपालले जम्मा ३ अर्ब ७६ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । यसको दाबी भुक्तानीमा ९९.२८ प्रतिशतले वृद्धि देखिएको छ ।
सर्वाधिक दाबी भुक्तानी गर्ने तेस्रो नम्बरमा रहेको छ नेशनल लाईफ इन्स्योरेन्स । नेशनल लाईफ इन्स्योरेन्सबाट बीमितले गत आ.व.मा ४ अर्ब १२ करोड रुपैयाँ दाबी भुक्तानी पाएका छन् । अघिल्लो आ.व.मा २ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ बीमितलाई नेशनल लाईफले भुक्तानी गरेको थियो । यसको भुक्तानी रकममा ४४.१२ प्रतिशतले वृद्धि भएको छ ।
चौथो नम्बरमा रहेको मेट लाईफले ३ अर्ब ६१ करोड रुपैयाँ आ.व. ७७/७८ मा बीमितलाई भुक्तानी गरेको छ । यो अघिल्लो आ.व.को २ अर्ब ५३ करोड १८ लाख रुपैयाँको तुलनामा ४२.५९ प्रतिशतले बढी हो ।
सबैभन्दा थोरै रकम दाबी भुक्तानी
१८ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा थोरै रकम दाबी भुक्तानी गरेको कम्पनीमा प्रभु लाईफ इन्स्योरेन्स रहेको छ । प्रभु लाईफका बीमितले ८ करोड ९८ लाख रुपैयाँ गत आवमा दाबी भुक्तानी पाएका छन् ।
अघिल्लो आ.व.मा प्रभु लाईफले बीमितलाई कूल ८४ लाख १३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । यसकाे दायित्व नै कम भएकाले कम भूक्तानी देखिएकाे हाे ।
हेरौ कुन कम्पनीले कति गरे दाबी भुक्तानी ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफ इन्स्योरेन्सले १९ करोड ६१ लाख नाफा कमायो
माघ २२, २०८१ मंगलबार
नेपाल लाइफ इन्स्योरेन्सको एजीएम कहिले ?
माघ १८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार