ललितपुरमा ओली–नेपालको दोहोरी: मधुकैटभले जस्तो दुःख दिएः ओली, विभाजनमा भोज भतेर गरेर रमाएः नेपाल
नेपालबहस संवाददाता
भदौ १३, २०७८ आइतबार १८:१:३८
१३ भदौ, काठमाडौं । शनिवार दिउँसो ललितपुरका अलग–अलग स्थानमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच दोहोरी चलेको थियो । एमाले विभाजन भएपछि सार्वजनिक कार्यक्रममार्फत एकले अर्कालाई दुवै नेताहरुले खुलेर आलोचना शुरु गरेका छन् ।
नेकपा (एमाले)का अध्यक्ष ओलीले पार्टी विभाजन गरेकोमा माधव नेपालको आलोचना गरे । शनिबार ललितपुरमा युवा संघद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले विभाजनतिर लागेका नेताहरुलाई कुलंघारको संज्ञा दिए ।
उनले पार्टीलाई चुनावी तालमेल गराएर, पार्टी एकीकरण गराएर लगभग दुईतिहाइको स्थितिमा पुर्याएको, सातमध्ये ६ वटा प्रदेशमा आफ्नो बहुमतको सरकार बनाएको, ३५ हजारमध्ये २० हजारभन्दा बढीमा आफ्ना प्रतिनिधि हाबी गराएको बताउँदै त्यसलाई केही नेताले सहन नसकेको बताए ।
त्यसको जवाफमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टी विभाजन भएकोमा भोज भतेरको आयोजना गरेर खुशीले नाचेको बताएका थिए । ‘एउटा व्यक्तिको राजनीतिक जीवनमा यस्ता घटना परिघटना भइरहन्छन्, केही केही व्यक्तिहरु पार्टी विभाजित हुँदा रमाउँछन्, नाच्छन्, भोज खान्छन’, ओलीतिर लक्षित गर्दै उनले भने, ‘पार्टी फुटाएर रमाएको त्यही गुट फेरि पार्टीबाट पिलो निस्क्यो हाईसन्चो भइरहेको छ, भनिरहेको छ । अझै पनि खिल अझै बाँकी छ, भनिरहेको छ । घाँडो पन्छियो भनिरहेका छन ।’ पेशागत महासंघ नेपाल, बागमती प्रदेशद्वारा शनिबार आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।
त्यसको जवाफमा ओलीले पार्टीको सरकार बनेको सहन नसकेर विभाजन गरेको मात्रै आरोप लगाएनन उनले मधुकैटभले जस्तो दुख दिएको आरोप पनि लगाए । ‘त्यो स्थिति सहन नसकेर पार्टी फुटाउने, सरकार गिराउने, प्रदेश प्रदेशमा एमालेको सरकार बन्न नदिने, बनेकोलाई गर्न नदिने, त्यस्ता खालका कुलंघार नेताहरु यस पार्टीमा जन्मिए, लामो समयसम्म मधुकैटभले जस्तो दुःख दिएर, कमलको फूल हल्लाएर, सूर्य चिह्नलाई धक्का दिएर, हसिया हथौडालाई धुजाधुजा पारेर, हाम्रो यात्राको बाटोमा खाल्डाखाल्डा खनेर लामो समय दुःख दिएर, अस्तिका दिन त पुर्जा लिए क्यारे दलको ! कस्तो बुद्धि होला?,’ ओलीले भने ।
ओलीले आफूले सम्झाउँदा दुनियाँले सम्झिने भएपनि माधव नेपालले नसम्झिएको बताए । नेपालतिर संकेत गर्दै उनले भने, ‘हामीले सम्झाउन खोज्यौं । बुझाउन खोज्यौं । सम्झाए र बुझाएर पार लागेन । कति गर्दा पनि पार लागेन । मैले बिसौं पल्ट फोन गरेँ । आठ पल्ट जहाँ–जहाँ भन्यो, त्यहीँ–त्यहीँ गएर धाएर भेटेँ । सम्झाएँ । मैले सम्झाउँदा दुनियाँ सम्झिन्छ । तर एक दुई जना मान्छे पानी समातेर कसम खान्छ– म तिम्रो कुरा सुन्दिनँ । तिमीले सम्झाएको म बुझ्दिनँ । धरोधर्म मान्दिनँ ।’
एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले ओलीविरुद्धको निर्णायक लडाइँमा एमालेका दोस्रो पुस्ताका नेताले खुट्टा कमाएर मैदान छाडेकोमा दुख व्यक्त गरेका थिए ।‘ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ भनेका थिए’, आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुलाई सम्झिँदै नेपालले भने, ‘उनीहरुले भनेपछि ओलीलाई संसदबाटै फाल्न म लागेकै हो । सडकबाट फाल्न नसकिने भएकाले संसदको गतिविधिमा भाग नलिएर बहिष्कार गर्यौँ । त्यहीकारण ओलीले सत्ता पनि छाड्नुपर्यो ।’
उनले गलत विचार र प्रवृत्तिविरुद्ध जुध्ने सबै ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको बताए । ‘केपी ओलीमा सुधारका कुनै लक्षण नभएपछि, प्रतिगमनबाट पछि हट्ने संकेत नदेखिएपछि विद्रोह गरेका हौँ’, उनले भने, ’सहमतिलाई नक्कली सहमतिको जामा पहिर्याउने काम गरेपछि, आफ्नो टाङमुनि छिराउने नियत देखिइसकेपछि हाम्रो सामु कुनै बाटो भएन । प्रतिगमनको बाटोमा नजान पटक पटक आग्रह गर्यौँ । तर नमानेपछि हामीले विद्रोहको बाटो रोजेका हौँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार