राष्ट्रिय स्तरका विकास बैंकहरुः पाँच परिसूचक दाजेर हेर्दा सबैभन्दा अब्बल कुन बैंक ?
नेपालबहस संवाददाता
भदौ १३, २०७८ आइतबार १९:१०:२०
१३ भाद्र, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये यतिबेला राष्ट्रिय स्तरका विकास बैंकले चौथो त्रैमासको वित्तीय विवरण प्रकासित गरेका छन् ।
हाल चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने राष्ट्रिय स्तरका विकास बैंकले केही वाणिज्य बैंकको मुनाफा पछि पारेका छन् । जसअनुसार पछिल्लो समय शेयर बजारमा लगानीकर्ताहरुका लागि विकास बैंकहरु प्रमुख क्षेत्रका रुपमा देखिएका छन् ।
केही सातादेखि विकास बैंकहरुको शेयरको माग बढ्दो छ । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका ८ विकास बैंकले राम्रै प्रगति गरेका छन् । ८ वटै बैंकको प्रतिशेयर आम्दानीदेखि लाभांश दिने क्षमतामा वृद्धि भएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार ८ विकास बैंकहरुको प्रतिशेयर आम्दानी (ईपीएस), खराब खर्जा (एनपीएल), चुक्ता पूँजी, जगेडा कोष, बैंकको लाभांश क्षमताको बारेमा यहाँ प्रस्तुत गरिएको छ ।
चुक्ता पुँजीमा पनि मुक्तिनाथ अगाडि
बैंकहरुले सार्वजिनक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सबैभन्दा बढी चुक्ता पुँजी हुने बैंक मुक्तिनाथ विकास बैंक देखिएको छ । यो बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ छ । ज्योति विकास बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ, गरिमा विकास बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड रुपैयाँ र महालक्ष्मी विकास बैंकको कुल चुक्ता पुँजी ३ अर्ब ३४ करोड रुपैयाँ देखिएको छ ।
यस्तै, साइन रेसुङ्गा बैंकको ३ अर्ब ४० करोड, कामनासेवा विकास बैंकको कुल चुक्ता पुँजी २ अर्ब ६५ करोड, लुम्बिनीको २ अर्ब ९० करोड र साँग्रिला विकास बैंकको २ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
ईपीएसमा कामना सेवा अगाडि
८ वटा राष्ट्रिय बैंकहरुमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) हुने बैंकको सूचीमा कामना सेवा विकास बैंक देखिएको छ । कामना सेवा विकास बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २६.४० रुपैयाँ छ । यस्तै, दोस्रो बढी ईपीएस हुने बैंकको सूचीमा मुक्तिनाथ विकास बैंक रहेको छ । यो बैंकको ईपीएस २३.९२ रुपैयाँ छ ।
गरिमा विकास बैंकको २२.४५, ज्योति विकास बैंकको १९.२९, महालक्ष्मीको २१.९३, लुम्बिनीको १७.७६, साँग्रिलाको १५.२३ र साइन रेसुङ्गा बैंकको १५.१० रुपैयाँ ईपीएस रहेको छ ।
मुक्तिनाथको खराब कर्जा कम
सबैभन्दा कम खराब कर्जा (एनपीएल) हुने बैंकको सूचीमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकको एनपीएल ०.२५ प्रतिशत छ । सबैभन्दा बढी एनपीएल हुने विकास बैंक भने महालक्ष्मी विकास बैंक देखिएको छ । महालक्ष्मी विकास बैंकको एनपीएल ३.३२ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।
यस्तै, लम्बिनी विकास बैंकको एनपीएल २.१३ प्रतिशत, साँग्रिला विकास बैंकको १.४ प्रतिशत, कामना सेवाको १.५ प्रतिशत, साइन रेसुङ्गाको ०.९९, ज्योतिको ०.८० र गरिमा विकास बैंकको ०.७२ प्रतिशत एनपीएल देखिएको छ ।
लुम्बिनीको जगेडा बढी
राष्ट्रिय स्तरका ८ वटा विकास बैंकहरुको तुलनामा सबैभन्दा ठूलो जगेडा कोष लुम्बिनी विकास बैंकको देखिएको छ । लुम्बिनी विकास बैंकको जगेडा कोषमा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । दोस्रो बढी जगेडा कोष हुने विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक रहेको छ । यो बैंकको जगेडा कोषमा १ अर्ब ५९ करोड रुपैयाँ छ ।
यस्तै, मुक्तिनाथ विकास बैंकको जगेडा कोषमा १ अर्ब १२ करोड, साइनरेसुङ्गाको १ अर्ब ३ करोड, गरिमाको १ अर्ब, ज्योति विकास बैंकको ८७ करोड, कामना सेवाको ८४ करोड र साँग्रिलाको ६७ करोड रुपैयाँ रहेको छ ।
लाभांश क्षमता कुन बैंकको राम्रो ?
सार्वजनिक भएका वित्तीय विवरण अनुसार सबैभन्दा बढी लाभांश दिन सक्ने बैंकका रुपमा मुक्तिनाथ विकास बैंक रहेको छ । ८ वटै विकास बैंकहरु मध्ये मुक्तिनाथ विकास बैंककाे लाभांश दिन सक्ने सबैभन्दा बढी रहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार