सुरक्षित नागरिक आवास कार्यक्रमबाट दलित परिवार वञ्चित
नेपालबहस संवाददाता
भदौ १३, २०७८ आइतबार २२:०:२१
१३ भदौ, राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुुरक्षित नागरिक अवासबाट बञ्चित भएका छन् ।
गत आर्थिक वर्षमा नगरपालिकाले सुुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरिएको थियो । तर वडा कार्यालयले समयमा खाता नखोलेपछि रकम फ्रिज भएको बताइएको छ । वडा सदस्य ओम प्रकाश साहका अनुसार सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत आव २०७७/०७८ का लागि ३० दलित घर छनोट गरेको भए पनि स्थानीय देवकान्त चौधरीको जग्गामा उक्त निर्माण थालिएका घर परेपछि निर्माण कार्य रोकिएको छ ।
चौधरीले वडा कार्यालयमा लिखित निवेदनसहित सो जग्गामा निर्माण कार्य नगर्नु/नगराउनु भनेकाले आवास निर्माण अलपत्र परेको कञ्चनरुप नगरपालिकाका राजकुमार साहले जानकारी दिए । तीमध्ये १३ जनाको घर उक्त जग्गामा परेको जनाइएको छ ।
वडा कार्यालयले सो कार्यक्रमअन्तर्गत आपूmहरुलाई सिटिजन बैंक कञ्चनपुरमा खाता खोल्न लगाए पनि अहिलेसम्म खातामा रकम नआएको स्थानीयवासी रत्न सदाले बताए । उनले भने, “यहाँका लाभग्राहीमध्ये १५ जना सुुरक्षित नागरिक अवास कार्यक्रमबाट बञ्चित भएका छौँ ।
वर्षौंदेखि बसिरहेको जग्गामा पनि घर बन्न नदिएपछि ३० मुसहर दलित परिवार बिचल्लीमा परेको स्थानीयवासीको गुनासो छ । जग्गा यकीन नभएका कारण उनीहरुको घर निर्माण हुन समस्या भएको बताइएको छ । सुरक्षित नागरिक आवासका लागि अर्को ठाउँमा जग्गा खोजी कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार