स्वास्थ्य बीमा कार्यक्रमका फोकल पर्सन नै ठगिए अस्पतालबाट
नेपालबहस संवाददाता
भदौ १३, २०७८ आइतबार २३:४६:४८
१३ भदौ, चितवन । भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका फोकल पर्सन नारायण सापकोटा आफैले हेर्ने बीमा कार्यक्रमबाट ठगिएका छन् । उनले आफ्नो श्रीमतीको पित्तथैलीको शल्यक्रिया गर्दा बीमावापत २७ हजार ५०० दाबी गरे । तर सो अस्पतालमा त्यो औषधि नभएको भन्दै बाहिरबाट चार हजारको औषधि उनले किन्नुपर्यो ।
आम नागरिक झैं बीमाबाट रकम काट्ने र छुट्टै औषधि किन्नु पर्दा आफू पनि मर्कामा परेको उनले स्वीकार गरे । बीमा बोर्डसँग भरतपुर अस्पतालले शल्यक्रियाको औषधि, परीक्षण, श्यया, शल्यक्रिया शुल्कलगायत सबैको प्याकेजमा रकम तय भएको छ । अस्पतालले शल्यक्रिया गर्दै गर्दा आफूले सुविधा दिन नसकेपनि पूरै रकम सेवाग्राहीको खाताबाट दाबी गरेर बीमा बोर्डसँग लिने गर्दछ । सापकोटाले भने, “औषधि उपलब्ध गराउने जिम्मा अस्पतालको हो”, दोहोरो खर्च गराउनु गलत भएको उनले बताए ।
बीमाले लगभग ८० प्रतिशत औषधि समेटेको भएपनि अस्पतालले दिन नसकेको उनको भनाई छ । अस्पतालमा औषधि नहुँदा शल्यक्रियासँगै दमका बिरामी, ज्वरोका बिरामी पनि मर्कामा पर्ने गरेको सापकोटाको भनाई छ । अस्पताल र बीमा बोर्डका बीचमा पित्तथैलीको ल्याबकोली (मेसिनबाट गरिने शल्यक्रिया) गर्दा प्याकेजमा रु २७ हजार ५०० दाबी गर्ने उल्लेख छ भने चिरेर शल्यक्रिया गर्दा १८ हजार उल्लेख छ ।
त्यस्तै एपेन्डिसाइडको १५ हजार ५०० रहेको छ । सापकोटाको भनाईमा सबै शल्यक्रियाको दररेट छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन न्यौपाने अस्पतालमा अधिकांश औषधि आपूर्ति गराउन आफूहरु लागि परेको बताउछन् । औषधि दिन नसकेको उनले स्वीकार गरे । प्रत्यक्ष रुपमा बिरामी प्रभावित भएको विषयमा थप बुझ्ने न्यौपानेको भनाई छ ।
बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला औषधि उपलब्ध नगराएर रकम दाबी गर्न नपाउने बताए । यस विषयमा प्रत्यक्ष रुपमा अस्पतालमा कर्मचारी पठाएर बुझ्ने उनको भनाई छ । सरकारी अस्पतालले राम्रो गर्छन् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रमको पहिलो विन्दु सरकारी अस्पताल बनाइएको भन्दै उनले बिरामी र बोर्ड कोही पनि ठगिन नहुने बताए ।
भरतपुर अस्पताल यस क्षेत्रमा बीमामा धेरै दाबी गर्ने अस्पताल पर्दछ । यस अस्पतालले मासिक दुई करोड भन्दा बढी बीमाबाट रकम दाबी गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार