नेप्से दोहोरो अङ्कले घट्दा फाइनान्स समुह २१ अंकले बढ्यो
नेपालबहस संवाददाता
भदौ १३, २०७८ सोमबार ०:३४:१५
१३ भदौ, काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को १३ मध्ये १२ उपसुचक घट्दा फाइनान्स भने २१ं८८ बिन्दुले बढेको छ । खुलेको पाँच मिनेट पछि नै आह्रालो लागेको नेप्सेले २ः४५ तिर वृद्धिको संकेत दिेखाएता पनि अन्तमा बजार ४९.१८ बिन्दुले घटेर बन्द भएको छ । निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र जलविद्युत् उपसमूहको शेयर मूल्य उच्च अङ्कले ओरालो लागेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
साताको पहिलो कारोबार दिनमा बजार उकालो लाग्ने अनुमानका बीच नेप्से ओरालो यात्रा तय गरेको हो । नेप्से ४९.१८ बिन्दुले ओरालो लागेर तीन हजार ४४.८६ बिन्दुमा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ८.५७ बिन्दुले घटेर ५६२.८८ मा ओर्लेको छ । कूल २२७ कम्पनीको दुई करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर रु १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज वित्त उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर २१.८८ अङ्कले बढ्दा बैंकिङ ३०.०५, व्यापार ६२.१६, होटल तथा पर्यटन ३१.७१, विकास बैंक ५३.१९, जलविद्युत् ८९.२६, निर्जीवन बीमा २५३.०७, उत्पादन ३८.४८, अन्य ३६.६२, लघुवित्त ११५.२, जीवन बीमा ३०४.२, सामूहिक लगानी कोष ०.०६ र लगानी १.६३ बिन्दुले ओरालो लागेको छ ।
आइतबारको कारोबारपछि बजार पुँजीकरण रु ४२ खर्ब ५४ अर्ब ३२ करोड १९ लाख दुई हजार ८४६ बराबर कायम भएको छ । कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु एक अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७७८ बराबरको कारोबार भयो । अरुण काबेली पावर रु ८७ करोड नौ लाख २४ हजार ४८२, जीवन विकास लघुवित्त रु ७४ करोड ९२ लाख ४६ हजार १५९, आइसिएफसी फाइनान्स रु ३८ करोड २८ लाख २१ हजार १३२ र हिमालयन डिस्टिलरी रु ३४ करोड २१ लाख ९९ हजार ७२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै अरुण भ्याली हाइड्रोपावर ७.५६, जानकी फाइनान्स ६.९९ र सिभिल लघुवित्तका शेयरधनीले ६.३० प्रतिशतले कमाए । त्यसैगरी, रुरु जलविद्युत् परियोजना १०, सिंगटी हाइड्रोपावर ७.३५, गुर्खाज फाइनान्स ५.७४, सिइडिबी हाइड्रोपावर ५.२६ र बरुण हाइड्रोपावरका लगानीकर्ताले ५.२४ प्रतिशतले गुमाए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार