१२ हजारले लगाउन पाउने भए कोभिशिल्डको दोस्रो डोज
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १६:८:१०
१४ भाद्र, ताप्लेजुङ । गत माघमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरू बल्ल खोपको दोस्रो डोज पाउने भएका छन् । ताप्लेजुङमा कोभिशिल्डको पहिलो डोज लगाएका १२ हजार ३२ जनालाई १६ भदौबाट दोस्रोे डोज दिइने भएको हो ।
जिल्ला खोप अनुगमन तथा ब्यवस्थापन समितिको बैठकले फुङलिङ नगरपालिका तथा पाथीभरा याङवरक, आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकामा भदौ १६, १७ र १८ गते दोस्रो डोज लगाउने निर्णय गरेको छ ।
यसैगरी, फक्ताङलुङ, सिदिङवा, सिरिजंगा, मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा १८, १९ र २० गते खोप लगाइने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।
कोभिशिल्डको अभियान सकिएपछि भेरासेल लगाइने छ । भेरोसेलको पहिलो डोज लगाएकाहरूले पनि भदौमै खोप पाउने भएका हुन् ।
फुङलिङ नगरपालिका तथा पाथीभरा याङवरक, आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकामा भदौ १९ र २० मा भेरोसेलको दोस्रो डोज लगाइने भएको हो । फक्ताङलुङ, सिदिङवा, सिरिजंगा, मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा भदौ २१ र २२ खोप लगाइने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार