विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा कार्यालयको सेवा प्रभावित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १७:७:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/myagdi-1_4LEnBlF6Ma.jpg)
◊सन्तोष गौतम
१४ भदौ, म्याग्दी । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित हुन थालेको छ । जिप्रकामा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि बन्द हुन थालेको हो । विद्युतीय उपकरणको प्रयोग र इन्टरनेटको सहायताले गरिने सबै काम ठप्प हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बताए ।
“अधिकांश काम कम्प्युटर र इन्टरनेटबाट गर्नुपर्छ”, उहाँले भन्नुभयो, “विद्युत् आपूर्ति नहुँदा समस्या भएको छ ।” आइतबार अपराह्न झरी परिरहेका अवस्थामा कार्यकक्षमा अँध्यारो भएपछि उनी मोबाइलको टर्च बालेर कागजपत्र प्रमाणित गर्दै थिए ।
कम्प्युटरमा टाइप गर्न बिजुली नभएपछि अन्य कर्मचारीले अतिआवश्यक काम हातले लेखेर गरिरहेका थिए । बागलुङ र पर्वतका सिमानामा पोल ढल्दा आइतबार दिउँसो १ देखि ५ बजेसम्म म्याग्दीमा विद्युत् आपूर्ति बन्द भएको थियो । जिल्लामा विद्युत् आपूर्ति अनियमित हुने समस्या छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेबाट श्रीमतीको नागरिकता बनाउन आएका ताराप्रसाद छन्त्यालले समयमा काम नहुँदा थप दुई दिन बेनी बस्नुपर्ने अवस्था आएको गुनासो गरे ।
“सानो बच्चासहित श्रीमतीलाई लिएर मध्याह्न१२ः३० मा आएका थिऔँ”, उनले भन्नुभयो, “बिजुली छैन भनेर दिनभरि काम गरेनन् । आज बिदा छ । आइतबारै काम सकेर फर्कने योजना थियो । मङ्गलबारसम्म बेनी बस्नुपर्ने भयो ।” जनजातिको प्रमाणपत्र बनाउन आएकी मालिका गाउँपालिका–५ देवीस्थानकी हेमा रानामगरले दिनभरि कुरेर काम नभएपछि त्यसै फर्कनुपरेको गुनासो गरे । “बिजुली छैन भनेर काम गरेनन्, वैकल्पिक व्यवस्था रहेनछ”, उनले भने, “यस्तो महत्वपूर्ण कार्यालयमा विद्युत् आपूर्तिको विकल्प नगर्दा नागरिकलाई सास्ती भयो ।”
नागरिकताको प्रतिलिपि बनाउन आएका देवीस्थानकै सुरत पुनले पनि कामै सम्पन्न नभइ फर्कनुपरेको गुनासो गरे । नागरिकता वितरण, सिफारिस, संस्था दर्ता, नवीकरणलगायतका काम लिएर प्रशासनमा पुग्ने सर्वसाधारण मर्कामा परेका छन् । संवेदनशील विषयमा हुने सूचना आदानप्रदान गर्न पनि समस्या भएको कर्मचारीले बताएका छन् । करिब एक महिनादेखि विद्युत् आपूर्तिमा समस्या भएको बताइएको छ ।
विसं २०७६ मा जडान गरिएको सोलार, ब्याट्री र इन्भटर बिग्रिएपछि समस्या भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । “वारेन्टीको म्याद अझै दुई वर्ष रहेछ । आपूर्तिकर्तालाई तत्कालै मर्मत गर्न निर्देशन दिएका छौँ”, उनले भने, “सोलारबाट चार्ज गरेर ब्याट्री र इन्भटर बनाउन घाम नलागेपछि प्राविधिक हिसाबले समस्या भयो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने