एनआरएनए निर्वाचनमा राजनीतिको प्रभाव पर्न सक्छः महेश श्रेष्ठ, एनआरएनए उपाध्यक्ष पदका प्रत्यासी
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १७:३८:५
१४ भदौ, लण्डन । गैह्रआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले संघले नाफाभन्दा पनि विगतमा भएका घाटालाई अहिले पूर्ति गरिरहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६३ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै कोषाध्यक्ष श्रेष्ठले विगतदेखि आजसम्म भएको घाटा मध्ये ११ करोड रुपैयाँको पूर्तिमा संघ लागिरहेको बताए ।
उनी एनआरएनए १० औं महाधिवेशनका लागि उपाध्यक्ष पदका प्रत्यासी पनि हुन् । उनी जापानमा व्यापार र बसोबास गर्दै आएका छन् ।
संघको हालको आम्दानीबारे उनी भन्छन्, “असार मसान्तसम्म गरेर अहिले हाम्रो खातामा फिक्स डिपोजिट लगभग ५ करोड जति रहेको छ । र, सबै देशहरुबाट सदस्यता शुल्क ५ डलरको हिसाबले आउनेक्रममा छ ।” उनले अगाडि भने, “यो अधिवेशनसम्म हामीले ९/१० करोड जति आम्दानी गर्छौं ।”
२००३ देखि आजसम्म आउँदा आर्थिक पक्ष अलि व्यवस्थित भएको पनि उनले उल्लेख गरे । हामीले विभिन्न प्रोजेक्ट र सचिवालय खर्चलगाएतका सबै खर्चको डिडिए गर्यौं र त्यसबाट हाम्रो खर्चबारे पूर्ण विवरण पायौं र त्यही अनुसार काम गर्यौं, कोषाध्यक्ष श्रेष्ठले भने, “यसरी नै हाम्रो संस्थाको आर्थिक पक्ष पारदर्शिता भएको छ । साथै खर्च पनि व्यवस्थित भएको छ । ”
यस्तै, चुनावमा मतदान दिँदा मतदाताले आधार खोज्ने भएकाले एनआरएनए निर्वाचनमा राजनीतिको प्रभाव पर्न सक्ने आंकलन उनको छ ।
यसैगरि, संघको आर्थिक पक्षलाई अझैं व्यवस्थित गर्न र आर्थिक अनुशासन पालना गर्न आफूहरु सचेत रहेको पनि उनले बताए । साथै आफ्नै कार्यकालमा संघमा हुने धेरै अनावश्यक खर्चलाई पनि कटौति गरेको उनको भनाई छ ।
अनलाइनमार्फत सम्पन्न भएको उक्त कार्यक्रममा श्रेष्ठको प्रमुख आतिथ्य र पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार