१० हजार लगे तर पानी दिएनन् : उपभोक्ता
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १७:५९:४७
१४ भदौ, बझाङ । “मसँग पैसा थिएन । छोरीले बुझेको तलबबाट भए पनि धारा जडानका लागि रु १० हजार तिरें । अहिलेसम्म धारामा पानी आएको छैन । कहिले आउँछ थाहा छैन ।” जयपृथ्वी नगरपालिका भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानीका लागि पैसा तिरेको तीन वर्ष हुन थाल्यो ।
त्यस्तै जयपृथ्वी नगरपालिका–९ देवलकी टिटा मगर धामीले पनि रु १० हजार तिरेको करिब चार वर्ष जति हुन लाग्यो । उनीहरू मात्रै नभएर गाउँका धेरै मानिसले पैसा तिरेको धेरै भयो । पानी आएको छैन् । सेतो पाइप मात्र बिछ्याएको छ । यसतर्फ खानेपानी समितिको ध्यान गएको छैन ।
सन् २०१९ अप्रिल ७ देखि काम गर्ने जिम्मा पाएको आशिष जेभी ग्वाँल्लेक निर्माण सेवाले जयपृथ्वी–११ भोपुरमा काम सुरुआत गर्ने गरी सहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जसँग रु २२ करोड ९२ लाख सम्झौता गरेको थियो । करिब १८ महिनाभित्र काम सम्पन्न गर्नेे सम्झौतामा उल्लेख छ । हालसम्म ७५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । भारत र चीनबाट समेत सामान ल्याउनुपर्ने भएकाले र लकडाउनका कारणलेसमेत काममा ढिलाइ भएको जेभी कन्ट्रक्सनका परामर्शदाता मकरबहादुर स्वाँरले बताए ।
अगामी दशैँभित्र समुदायस्तरमा पानी वितरण गर्ने तरिकालेसमेत काम भइरहेको जनाइएको छ । चैनपुरका लागि चार लाख ५० हजार लिटर, भोपुर बस्तीका लागि ५० हजार लिटर, देवल रिठापाठाका लागि एक लाख लिटर पानी वितरण गरिने समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए । उनका अनुसार सो क्षेत्रका करिब एक हजार १६५ घरधुरीलाई पानी उपलब्ध गराइने छ । उनले भने, “आयोजना निर्माणस्थलमा सेती नदीमा आएको बाढीका कारणले आयोजना निर्माणमा ढिलाइ हुनगएको हो ।”
परियोजना निर्माणका लागि एशियन डेभलपमेन्ट बैंक र नेपाल सरकारको ७० प्रतिशत र नगर विकास कोष र उपभोक्ताको ३० प्रतिशत छ । नगरपालिकाले पनि म्याचिङस्वरुप रु ४५ लाख सहयोग गरेको छ । सुरुका अवस्थामा पनि सेती नदीको छालमा आयोजना बनाउनु नै गलत भएको तथा अहिले नदीको बाढीका कारणले निर्माणमा समेत ढिलाइ गरेको नगर उपप्रम्रख जुना जाग्रीले बताइन् ।
आफूले आयोजनाको निर्माणकार्य सुरु हुनअघि नै सेती नदीको छालमा नबनाउन आग्रह गरे पनि कसैले आफ्नो कुरा नसुनेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार