माओवादी केन्द्र र नेकपा समाजवादीबाट को को मन्त्री बन्दैछन् ?
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १८:०:२
१४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा पठाउने मन्त्रीहरुको सूची तयार पार्न थालेका छन् । माओवादी केन्द्रले स्थायी समिति सदस्य हरिबोल गजुरेलको नेतृत्वमा सरकारमा सहभागी गराउने विषयमा नेताहरुबीच छलफल गरिरहेको छ ।
माओवादी केन्द्रबाट यसअघि नै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भइसकेका छन् । अब माओवादी केन्द्रले ४ जना मन्त्री पाउने छन् ।यसमा भौगोलिक, प्रादेशिक, जातीय, लैंगिक सबैलाई समेट्नुपर्ने बाध्यतामा प्रचण्ड छन् । थप हुने मन्त्रीमा देव गुरुङ, देवेन्द्र पौडेल, अन्जना विसंखे र पूर्वबाट सुदन राई वा हेमकुमार राई मध्ये एक जना समेट्ने तयारी छ ।
त्यस्तै समाजवादी पार्टीमा भने मन्त्री हुनका धेरै जना आकांक्षी रहेका छन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा पठाउनका लागि अहिलेसम्म मन्त्री नभएका पुराना नेता तथा सांसदलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
जसअनुसार बिरोध खतिवडा, मेटमणी चौधरी, बेदुराम भूषाल, प्रेम आले, पार्वती बिसुंखे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ किसान’, रामकुकमारी झाक्री सहितका सांसदहरु नेपालको प्राथमिकतामा छन् । पहिलो चरणमा नपर्ने सांसदहरुलाई दोस्रो चरणमा मन्त्रीमा पठाउने र कतिपयलाई उपसभामुख, संसदीय समितिको नेतृत्वलगायतमा व्यवस्थापन गर्ने नेपालले सांसदहरुलाई वचन दिएका छन् । अहिले चर्चामा रहेकै नेताहरुलाई सरकारमा सहभागी गराउने नेपाल निकट स्रोतले जनाएको छ ।
नेपाल समूहको प्रवक्ताकै भूमिकामा रहेका मेटमणि चौधरीलाई पनि सरकारको लोभ रहेको छ । त्यस्तै सरला यादवले उपसभामुखमा दावी गरिरहेकी छिन् । भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन , कृष्णलाल महर्जन पनि कुनै न कुनै समितिको सभापति हुन खोजिरहेका छन् ।
कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, विना बुढाथोकी, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल) ,सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसी पनि सरकार सहभागिताका लागि आंकाक्षी रहेका छन् । नेपाल समूहमा पछि तुलसा थापा र माया ज्ञावाली पनि थपिएका छन् । तुलसा थापाले पनि सरकारमा सहभागी हुने इच्छा व्यक्त गरेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार