जनप्रतिनिधिबीच विवाद हुँदा सोरुमा अझै पेस भएन बजेट, विकास निर्माणका काम अन्योलमा
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १८:४:३५
१४ भदौ, मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकामा अझै पनि बजेट पेस हुनसकेको छैन । चालु आर्थिक वर्षको बजेट पेस नहुँदा सेवा प्रवाह र विकास निर्माणका काम अन्योलमा परेको छ ।
गत २० असारमा आठौ गाउँसभा उद्घाटनका क्रममा जनप्रतिनिधिबीच विवाद भएपछि गाउँसभा अन्योलमा भई हालसम्म पनि बजेट पेश हुननसकेको हो ।
विवादका कारण स्थगित भएको गाउँसभा कहिले बस्ने अझै निश्चित छैन । बजेट बाँडफाँट नहुँदा वडादेखि गाउँपालिका स्तरमा छनोट भएका दर्जनौ योजनाले गति लिन सकेका छैनन् ।
असार मसान्तपछि अहिले जनप्रतिनिधि र केही कर्मचारी कार्यालयविहीन भएका छन् भने केही कर्मचारी जिल्ला बाहिर छन् ।
स्थानीय तह सञ्चालन ऐनअनुसार १५ असारभित्र गाउँसभा सञ्चालन गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिसक्नुपर्ने व्यवस्था छ । तर सोरु गाउँपालिकाले तोकिएकै मितिमा गाउँसभा सञ्चालन नगर्दा बजेट पेश हुन सकेको छैन ।
बजेट पेस नहुँदा वडास्तरमा छनोट भएका योजना अघि बढाउन समस्या भएको वडा नम्बर २ का वडाअध्यक्ष ऐनबहादुर शाहीले बताए ।
विवादका कारण बजेट बाँडफाँट नहुँदा कुनै पनि योजनाको काम सुरु भएको छैन । कर्मचारीले जेठदेखि तलब पाएका छैनन् । बजेट पेश नहुँदा सबैजसो विषयगत शाखा र वडा कार्यालय कामविहीन बनेको वडा अध्यक्ष शाहीले बताए ।
जिल्लाका मुगु मकार्मारोङ, खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिकाले भने चालु आर्थिक वर्षको बजेट पास गरी योजना सम्झौताको काम सुरु गरेका छन् ।
विभिन्न कारणले बजेट बाँडफाँटमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । ‘केही जनप्रतिनिधि पनि जिल्ला बाहिर हुनुहुन्छ,’ अध्यक्ष शाहीले भने, ‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि गाउँसभाको आयोजना गरी बजेट पेस गरिनेछ ।’
सोरुमा ४ वर्षको अवधिमा ५ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । राजनीतिक खिचातानीले गाउँपालिकामा हरेक वर्ष प्रशासकीय अधिकृत फेरबदल हुँदा दैनिक, प्रशासनिक र विकास निर्माणका योजना प्रभावित हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार