८० लाख मुल्य बराबरको मोबाइल र घडी चोरी, प्रहरीको शान्तिसुरक्षामाथि गम्भीर प्रश्न !
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १९:०:१८
१४ भदौ, रत्ननगर, टाँडी । चितवनको रत्ननगर नगरपालिका २ टाँडी बजारमा रहेको एटुजेड मोवाईल हाउसमा गत शनिबार १२ गते राती चोरी भएको छ ।
अज्ञात समूहले रडको प्रयोग गरी सटरको लक तोडेर मोबाइल हाउस भित्र रहेको ८० लाख मुल्य बराबरको ३२ थान मोबाईलसहित केही थान घडी चोरी गरी लगेको पसलका सञ्चालक दिवाकर गुरुङ्गले जानकारी दिए । उनका अनुसार पसलमा महंगो मुल्य पर्ने मोबाइल चोरी भएको छ ।
शनिबार बिहान स्थानीयले सटर फोडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पसलमा रहेको सीसी क्यामेरामा कैद भएको चोरको हुलियाका आधारमा खोजीकार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले जनाएको छ ।
जबकी चोरी भएको भनिएको एटुजेड मोवाईल हाउसबाट ईलाका प्रहरी कार्यालय रत्ननगर एक किलोमिटरको दुरीमा मात्रै रहेको छ । त्यहाँ नजिकै प्रहरी बिट समेत छ ।
यता, रत्ननगरमा प्रहरीको शान्तिसुरक्षामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गतको मुख्य बजारमै चोरी हुँदा समेत न त नजिकैको प्रहरी बिट थाहा पाए, न त ईलाकाले नै । प्रहरी बिट समेतले थाहा नपाउनुले पनि प्रहरीको शान्तिसुरक्षालाई असफलताको रूपमा चित्रण गरेको छ ।
२४ सै घण्टा गस्तीमा हिंड्नुपर्ने प्रहरी रात परेपछि खासै निस्किदैनन् । राती बजारमा देख्नुपर्ने प्रहरी समेत नौ बजेपछि खासै हुँदैनन् । जसले गर्दा चोरहरुको बिगबिगी समेत बढ्दो छ । सूचना संकलनका लागी घुमुवा प्रहरी समेत खटाइएको छ । तर, पनि चोरीका घट्नालाई नियन्त्रणमा लिन भने प्रहरी प्रायः असफल हुँदै आएको छ ।
पछिल्लो समय यस क्षेत्रमा चोरीका घट्नामा वृद्धि हुँदै गएको छ । यसअघि शृङ्खलाबद्ध रूपमा चोरीका घट्ना घटे पनि प्रहरीले खासै चासो भने दिएका थिएनन् । अहिले रत्ननगरमा प्रहरी प्रमुखको रूपमा इन्द्रबहादुर रानाले नेतृत्व सम्हालिरहेका छन् ।
एटुजेड मोबाईल हाउस जिल्लाकै लोकप्रिय र ठुलो पसल हो । यसको मुख्य कार्यालय भरतपुरको नारायणगढमा रहेको छ भने, लायन्सचोक, टाँडी तथा जिल्ला बाहिर कावासोतीबाट आफ्नो सेवा विस्तार गरेको थियो । मोबाईल हाउसले झण्डै डेढ सय जना भन्दा बढीलाई रोजगारी समेत दिएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार