सहारा विकास बैंकको मुनाफा ५० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार २०:९:२
१४ भदौ, काठमाडौ । सहारा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले मुनाफा ५० प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ करोड ८९ लाख ५० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५०.५५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले १ करोड २५ लाख ८७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो आवमा २ करोड १२ लाख ५६ हजा रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत बर्ष १३।६९ प्रतिशतले बढेर २ करोड ४१ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।
साथै चौथो त्रैमाससम्ममा बैंकको संचालन मुनाफा ६५.४४ प्रतिशतले बढेर ३ करोड ८० हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिसम्ममा बैंकको चुक्तापूँजी समेत ६६.६६ प्रतिशतले बढ्न पुगेको छ । सो प्रतिशलते बढेर बैंकको चुक्तापूँजी २७ करोड २२ लाख ७० हजार रुपैयाँ रहेकोमा जगेडा कोष २.४६ प्रतिशतले बढेर ६ करोड ४३ ला ८५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, निक्षेप १ अर्ब १० करोड ९ लाख रुपैयाँ रहेको छ भने कर्जा ९७ करोड २० लाख ८५ हजार पुगेको छ । बैंकको वार्षिकी प्रतिशेयर आम्दानी (EPS) ६ रुपैयाँ ९६ पैसा र BOOK VALUE १४२ रुपैयाँ ८७ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
गुल्मीमा धान उत्पादन बढ्यो
मंसिर १२, २०८१ बुधबार
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
मंसिर १२, २०८१ बुधबार