गौरा पर्वमा भिडभाड नगर्न प्रशासनको आग्रह
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार २०:३१:४२
१४ भदौ, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले गौरा पर्वमा जिल्लाभरिमा कुनै पनि ठाउँमा भिडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतबार भित्र्याइएकाले कोरोना जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुँन आग्रह गरेको हो ।
जिल्लामा कोरोना जोखिम कायमै रहेको र गौरा तथा तीज पर्व नजिकिएकाले भिडभाड नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनले भने, “गौरा र तीजमा सामान्य पूजाआजाबाहेक अन्य भिडभाड हुने खालका कुनै पनि काम नगर्न आग्रह गरेका छौँ, अटेर गर्नेलाई कानूनबमोजिम कारवाही हुने छ ।” गौरा पर्वको समयमा यहाँका ग्रामीण क्षेत्रमा देउडा खेल्ने तथा मानिसको बाक्लो सहभागिता हुने भएकाले ती क्षेत्रमा हुने भिडभाडलाई कम गराउन सम्बन्धित प्रहरीलाई पनि निर्देशन जारी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार